सोनिया गान्धी अस्पताल भर्ना | Khabarhub Khabarhub

सोनिया गान्धी अस्पताल भर्ना


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिडसम्बन्धी समस्याका कारण भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना भएकी छिन् । उनको अवस्था स्थिर रहेको र चिकित्सकको निगरानीमा रहेको पार्टीले जनाएको छ ।

७५ वर्षे कांग्रेस अध्यक्षलाई केही दिनसम्म अस्पतालमै राखिने भारतीय अखबार द हिन्दूको अनलाइन संस्करणले जनाएको छ ।

‘कांग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोभिडसम्बन्धी समस्याको कारण आइतबार गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । उनको अवस्था स्थिर छ । निरीक्षणको लागि अस्पतालमा राखिनेछ’, पार्टी प्रवक्ता रणदीप सुर्जेवलाले ट्विट गर्दै जानकारी दिएका छन् ।

सोनियालाई केही दिनअघि कोभिड पोजेटिभ देखिएको थियो । कोभिड संक्रमण देखिएपछि उनी आफ्नै निवासमा आइसोलेसनमा रहेकी थिइन् । उनी चिकित्सकको निरन्तर निगरानीमा रहेको जनाइएको छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : २१ बजे

पत्नीसहित अजरबैजानको यात्रामा राष्ट्रपति पौडेल (तस्बिरहरू)

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान गरेका छन् । राष्ट्रपति

म्यागङमा सुन्तला टिप्न सुरु

त्रिशूली– सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको यहाँको म्यागङ गाउँपालिकाका

नेपालले थाइल्याण्डलाई दियो १४० रनको लक्ष्य 

काठमाडौं– नेपालले यूएईमा जारी आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया

स्वास्थ्यका केही कर्मचारीको जिम्मेवारी हेरफेर 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही कर्मचारीको जिम्मेवारी हेरफेर गरेको

कोशीका पूर्वमन्त्री अधिकारीलाई दुई दिन हिरासतमा राख्ने अनुमति

काठमाडौं-  काठमाडौं जिल्ला अदालतले मानव तस्करीको आरोपमा पक्राउ परेका नेकपा