सलुन उद्घाटनमा सेलिब्रेटीसँग धमला पनि « Khabarhub

सलुन उद्घाटनमा सेलिब्रेटीसँग धमला पनि


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘प्रेमगञ्ज’का कलाकारले ब्रिज हेयर एन्ड ब्युटी सलुन’को उद्घाटन गरेका छन् ।

काठमाडौँमा बौद्ध क्षेत्रमा खुलेको सलुनको शनिबार नेपाली फिल्मको ‘प्रेमगञ्ज’का कलाकार बेनिशा हमाल र तेज गिरीले रिबन काटेर उद्घाटन गरेका थिए । अभिनेता निराजन प्रधान र पत्रकार ऋषि धमला पनि उद्घाटन कार्यक्रममा साथ दिएका थिए ।

अनिल थापाले सञ्चालनमा ल्याएको सलुनको उद्घाटन कार्यक्रममा बोल्दै अभिनेत्री हमालले हरकोहीलाई राम्रो वा राम्री बन्न मन लाग्ने भएकाले सलुनले त्यो अपेक्षा पूरा गरोस् भन्ने शुभेच्छा दिइन् । ‘हामी हर कोही अरुबाट राम्रो देखिएको सुन्न चाहन्छौँ । यो सलुनले हामी जस्ताको चाहना पूरा गर्छ भन्ने अपेक्षा छ,’ उनले सलुन उद्घाटनपछि भनिन् ।

यस्तै अभिनेता निराजन प्रधानले पनि कलाकार मात्र नभएर हरकोही सौन्दर्यप्रति सचेत हुँदै गएकाले यस्ता सलुनको महत्व बढिरहेको बताए । पत्रकार धमलाले पछिल्लो समय पार्लर र सलुन जानेको आकर्षण बढेको बताए । उनले भने ‘म सधैँ व्यस्त रहने मान्छे हुँ । भ्याएसम्म चिटिक्क परेरै हिँड्छु । सलुन नै जान्छु कहीँ नगए पनि मान्छेहरूमा सलुनको आकर्षणप्रति म कदर गर्छु ।’ सञ्चालक थापाले भारत, बेलायत तथा अमेरिकामा लामो समय यो क्षेत्रमा गरेको अनुभवले नेपालमा सलुन खोल्न प्रेरित गरेको बताए ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  ५ : ५४ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक