केकी भन्छिन्,'मेरो पात्र समाजसँग नजिक छ' | Khabarhub Khabarhub

केकी भन्छिन्,’मेरो पात्र समाजसँग नजिक छ’


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘सिल्ली फो’ ले पत्रकार सम्मेलन गरेको छ ।

आउँदो असार ३१ गतेबाट प्रदर्शनमा आउने फिल्मका कलाकारहरु केकी अधिकारी , रविन्द्र झा निर्देशक राज बहादुर सानेले फिल्मको बारेमा जानकारी दिएका छन् । पत्रकार सम्मेलनमा कुराकानी गर्दै केकीले करिअर स्थापित गर्न संघर्षशील अभिनेत्रीको भूमिका निर्वाह गरेको बताएकी छिन् ।

‘मैले करिअरका लागि गर्ने संघर्ष , त्यसक्रममा भोग्ने भोगाइलाई भोगेको युवतीको भूमिका निर्वाह गरेकी छु । यो कथावस्तु संघर्षशील हरेकको जीवनसँग मिल्छ । यसको केही घटनाक्रम मेरो जीवनसँग पनि जोडिएका छन्’ केकीले भनिन् । भोगिरहेको र देखिएको समस्यालाई नै भूमिका काम गर्न सहज भएको केकीले बताइन् ।

कलाकार रविन्द्र झाले पनि फिल्मको पात्र मार्फत प्रस्तुत गरेको समस्या हाम्रै गाउँ सहरको रहेको बताए । ‘यो फिल्मको पात्र र त्यसको बनोट हाम्रै समाजबाट प्रभावित छ’ झाले भने । फिल्मको कथासारको विषयमा जानकारी गराउँदै निर्देशक राज बहादुर सानेले दैनिकीमा जुध्ने समस्यालाई फिल्ममा देखाइएको बताए । ‘कमेडी विधामा आएको छ’ । मैले हाम्रै समाजमा घटेको घटनाक्रम र पात्रलाई फिल्म मार्फत देखाउने कोसिस गरेको छु’ निर्देशक सानेले भने ।

सिल्ली फो अर्थात् चार जना मूर्ख नाम राखिएको फिल्ममा चार जना पात्र छन् जो संघर्ष गर्दा समाजबाट मूर्ख ठहरिन्छन् । फिल्ममा राजाराम पौडेल , धीरेन शाक्य, दिनेश रेग्मी, भूगोल कार्की, रमेश बजगाईँ, अनिता लामिछाने, दीपक थापा, पूर्णचन्द्र पोखरेल, रेजिना थापा लगायतले अभिनय गरेका छन् । मनोज डीके फिल्मका निर्माता हुन् ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : ०८ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते