नेपाली सेना भरपर्दो स्थल शक्ति भएको अमेरिकी जनरल फ्लिनको भनाइ « Khabarhub

नेपाली सेना भरपर्दो स्थल शक्ति भएको अमेरिकी जनरल फ्लिनको भनाइ


२९ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकी सेनाको प्रशान्त क्षेत्रका प्रमुख जनरल चार्ल्स ए. फ्लिनले नेपाली सेना भरपर्दो स्थाल शक्ति भएको बताएका छन् ।

चारदिने औपचारिक भ्रमणका क्रममा काठमाडौँमा रहेका फ्लिनले आज शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजको भ्रमण गरेपछि आयोजित समारोहमा नेपाली सेना संसारकै सबैभन्दा पुरानोमध्ये एक रहेको समेत बताए ।

भ्रमणका क्रममा उनले कलेजका शिक्षाध्यक्षसँग भेटघाट गर्नका साथै प्रशिक्षार्थी अधिकृतसँग अन्तरक्रिया गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भ्रमणका क्रममा उनले वृक्षारोपण पनि गरेका थिए ।

फ्लिन नेतृत्वको टोलीले आजै काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको समेत निरीक्षण गरेको थियो । भ्रमणका क्रममा शान्ति कार्य तालिम केन्द्रका केन्द्रापतिबाट टोलीलाई वस्तुस्थितिलगायत विविध पक्षबारेमा जानकारी गराइएको थियो ।

अमेरिकी टोलीले शान्ति स्थापना कार्यको दौरान आवश्यक पर्ने विभिन्न प्रदर्शनीको अवलोकनसमेत गरेको थियो । भ्रमणका क्रममा नेपाली सेनाका रथी तथा अधिकृत र उक्त भ्रमण दलका सदस्यहरूबीच अमेरिकाबाट शान्ति स्थापना कार्यका लागि प्राप्त सहयोग भविष्यमा थप वृद्धि गर्दै लैजानेलगायत विषयमा छलफल भएको जनाइएको छ ।

यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । गत बिहीबार नेपालको चारदिने औपचारिक भ्रमणका लागि नेपाल आएका उनी आजै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित मिति : २९ जेठ २०७९, आइतबार  १० : ५२ बजे

तनहुँमा सुन्तला उत्पादन तथा बिक्रीको विवरण सङ्कलन गरिँदै

तनहुँ– तनहुँस्थित कृषि विकास कार्यालयले जिल्लाभित्र उत्पादित सुन्तलाको विवरण सङ्कलन

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल