स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो « Khabarhub

स्थानीयले बन्द गरे पूर्व गृहमन्त्री खगराज अधिकारीको घर जाने बाटो


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- लेखनाथस्थित पचभैया क्षेत्रका नागरिकहरूले सडक स्तरोन्नतिमा सरकारले उदासीनता देखाएको भन्दै साङ्केतिक रूपमा बाटो नै बन्द गरिदिएका छन् ।

पूर्व गृहमन्त्रीसमेत रहेका प्रतिनिधिसभा सांसद खगराज अधिकारीको घर जाने बाटोसमेत रहेको बेगनास भोर्लेटार सडकमा साङ्केतिक विरोध स्वरूप बन्द गरिदिएका हुन् । उनीहरूले सोमबार बिहान आधा घण्टा बाटोमा गाडी हिँड्न रोकिदिए ।

पटक पटक सडक मर्मतका लागि सरोकारवाला निकायलाई घचघच्याउँदा समेत सुनुवाइ नभएपछि बाध्य भएर सडक बन्द गर्नुपरेको नागरिक सरोकार समितिका सदस्य दामोदरभक्त थापाले बताए ।

‘भन्नुपर्ने ठाउँमा भनिसक्यौँ । कोही नेता र कर्मचारी छैनन् भन्न बाँकी,’ उनले भने, ‘कसैले सुनेनन् । बाटो बन्द गर्नुको विकल्प भएन । अझै सुनुवाइ नभए थप कार्यक्रम गर्छौँ ।’

निर्वाचनका बेला बजेट दिन नमिल्ने भनेपछि स्थानीयले नै पैसा उठाएर खाल्डा टालेका थिए । चुनाव जितेपछि पनि कुनै सुनुवाइ नभएको थापाले बताए । यो बाटो कास्कीको बेगनास तालबाट लमजुङको भोर्लेटार छिचोल्ने सबैभन्दा छोटो दूरीको बाटो हो । त्यहाँको करिब ८ किलोमिटर बाटो निकै साँघुरो र बढी खाल्डाखुल्डी भएकोले मर्मतका लागि आग्रह गरिएको स्थानीयहरूले बताए ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ४ : ०० बजे

बीबीसी ‘भ्वाइस अफ इन्डिया’ का संस्थापक मार्क टुलीको निधन

नयाँ दिल्ली – ‘भ्वाइस अफ इन्डिया’ भनेर लाखौँले चिन्ने दक्षिण

‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी, ६ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ‘फेक रेस्क्यू’ गरी नक्कली कारोबार गर्ने

देउवाको निर्णय गगनले कार्यान्वयन गर्दा राष्ट्रिय सभामा पहिलो दल बन्यो कांग्रेस

काठमाडौं– राष्ट्रियसभाको रिक्त १९ मध्ये १८ सिटका लागि आइतबार आएको

उपचारका क्रममा किशोरीको मृत्यु भएपछि अवस्था तनावग्रस्त

बरहथवा– सर्लाहीको लालबन्दी नगरपालिकास्थित नवलपुरमा एक किशोरीको उपचारका क्रममा मृत्यु भएपछि