सरकारलाई भीम रावलको प्रश्न- हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ? « Khabarhub

सरकारलाई भीम रावलको प्रश्न- हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा ?


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एमाले सांसद् भीम रावलले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिकी भ्रमणलाई लिएर देशको शासकीय व्यवस्थाबारे प्रश्न उठाएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार बसेको बैठकमा उनले असारमा प्रधानसेनापतिलगत्तै प्रधानमन्त्रीको अमेरिका भ्रमण हुन लागेको भन्दै शासकीय व्यवस्थाबारे प्रश्न उठाएका हुन् ।

१२ असारमा प्रधानसेनापति प्रभुराम शर्मा र २८ असारमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण हुन लागेको विषयमा छलफल गर्न परराष्ट्र र प्रधानमन्त्रीलाई बोलाउनु पर्ने भन्दै रावलले भने, ‘नेपालको कुटनीति सेनाको हातमा गइसक्यो । प्रधानमन्त्री अमेरिकी भ्रमणमा जाने रे, सम्पुर्ण जिम्मा नेपाली सेनालाई दिएको रे । हामी नागरिक शासनमा छौँ कि सैनिक शासनमा छौं ?’

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ६ : ५१ बजे

अर्जेन्टिनालाई सुरुवाती अग्रता, जोर्डन दबाबमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को खेलमा

मुस्ताङको घरपझोङद्वारा किसानलाई अनुदानमा याक र नाक वितरण

मुस्ताङ– मुस्ताङको घरपझोङ गाउँपालिकाले पशुपालक किसानलाई ५० प्रतिशत अनुदानमा याक

विश्वकपको समूह चरणको अन्तिम खेलमा अर्जेन्टिना र जोर्डन भिड्दै, मेसी बेन्चमा

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जे’ को आफ्नो

उज्वेकिस्तानमाथि कङ्गोको ३–१ को सानदार जित, दक्षिण कोरिया विश्वकपबाट बाहिरियो

काठमाडौँ – प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

रोनाल्डोले गोल गर्न नसक्दा पोर्चुगल र कोलम्बियाले गोलरहित बराबरी खेले

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को निकै