बेलायतमा ४ लाख तलब पाउने गरि नेपाली नर्स जाँदै « Khabarhub

बेलायतमा ४ लाख तलब पाउने गरि नेपाली नर्स जाँदै


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : बेलायतमा मासिक झण्डै ४ लाख रुपैयाँ पाउने गरि नेपालबाट नर्स पठाउने तयारी सरकारले गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक ४ लाख तलब पाउने गरि १० हजार नेपाली नर्स बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी संसदमा दिएका हुन् । प्रतिनिधिसभामा बजेट शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले यसबारे जानकारी दिएका हुन् ।

बेलायतपछि जापान, कोरिया, न्युजिल्याण्डमा पनि नेपाली श्रमिक पठाउनका लागि तयारी भइरहेको दाबी गरेका छन् । यद्यपी उनी आफ्नै कार्यकालको अन्तिम चरणमा रहेकाले मोटामोटी आफ्नो तयारीलाई संसद्मा प्रस्तुत गरेको आशंका गरिएको छ । यद्यपी बेलायतमा पनि तत्कालै नेपाली नर्स पठाउनेबारे छलफल चलिरहेको उनको दाबी छ ।

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  ७ : ४९ बजे

मधेसमा आज ‘राखी’ पर्व

महोत्तरी– मधेसमा आज शुक्रबार दाजुभाइ तथा दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव

प्रधानमन्त्री वालेन्द्र शाहले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषद्को बैठक शुक्रबार बिहान ११ बजे बस्ने भएको

लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य

तुलसीपुर– लुम्बिनी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर

भोटेकोशी बाढी अपडेट: ४६९ शव भेटिए, १५ सय ४५ जनाको उद्धार

काठमाडाैँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित

नागरिक एक भए जुनसुकै चुनौती सामना गर्न सकिन्छ: गृहमन्त्री गुरुङ

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङले मुलुकमा आइपरेको विपत्‌को सामना गर्ने