आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयको सूचना, शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने « Khabarhub

आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयको सूचना, शुक्रबार ३ बजेसम्म सरकारी कार्यालय खुल्ने


३० जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले सातामा आइतबार पनि विदा दिने निर्णय खारेज गरेको सूचना निकालेको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै जेठ १ गतेदेखि लागू हुनेगरी परीक्षणका रुपमा दिइँदै आएको दुई दिने साप्ताहिक विदा खारेज गर्ने जनाएको हो ।

यसअघि गत जेठ २३ गतेको मन्त्रिपरिषद्को बैठकले आइतबार विदा खारेज गर्ने निर्णय गरेको थियो । सोहीअनुसार असार १ गतेबाट लागू हुने गरी आइतबारको विदा खारेज गरिएको गृह मन्त्रालयले जनाएको छ ।

यसअनुसार अब असार १ गतेदेखि कार्त्तिक क १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म सरकारी कार्यालय समय बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म एवम् कार्त्तिक १६ देखि माघ १५ सम्म कार्यालय समय १० बजेदेखि ४ बजेसम्म कायम गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

शुक्रबार भने कार्यालयहरु बिहानको १० बजेदेखि अपरान्हको ३ बजेसम्म खुला रहनेछन् ।

 

प्रकाशित मिति : ३० जेठ २०७९, सोमबार  १० : १६ बजे

करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिका-६ फतेपुर टोलबाट अवैध लागुऔषध

सुनसरीमा रुखले च्यापिएर महिलाको मृत्यु

सुनसरी – सुनसरीमा आज रुख ढलेर च्यापिँदा बर्जु गाउँपालिकामा एक

मनास्लु हिमपहिरो पुरिएर नेपाली गाइडसहित दुई जनाको मृत्यु

काठमाडौं – मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाको

पुवाखोलामा बेलिब्रिज निर्माण

इलाम – इलाम सदमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो

हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

तेहरान – तेहरानले मध्यस्थकर्तामार्फत वासिङ्टनलाई रणनीतिक हर्मुज जलसन्धि पुनः खोल्नका