अमेरिकाले रुसी विद्युतीय ग्रिडलाई लक्षित गरी साइबर आक्रमणलाई तीब्र पारेको खुलासा « Khabarhub

अमेरिकाले रुसी विद्युतीय ग्रिडलाई लक्षित गरी साइबर आक्रमणलाई तीब्र पारेको खुलासा


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका– अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी नै नदिई रुसी विद्युतीय उर्जा क्षेत्रलाई लक्षित गरी व्यापक साइबर आक्रमणलाई तीब्र पारेको खुलासा भएको छ ।

अमेरिकाको प्रभावशाली न्यूयोर्क टाइम्स अखबारले जनाएअनुसार अमेरिकाले रुसका महत्वपूर्ण विद्युतीय ग्रिडमा हानीकारक मलवेयर सफ्टवेयर जडान गर्ने प्रक्रियालाई तीब्र पारेको हो । यसबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भने जानकारी गराइएको छैन ।

ट्रम्पले यसबारे सार्वजनिक टिप्पणी गर्नसक्ने वा विदेशी अधिकारीसँग सल्लाह गर्नसक्ने सम्भावना रहेको भन्दै ट्रम्पलाई यसबारे जानकारी नगराइएको न्यूयोर्क टाइम्सले जनाएको छ ।

रुससँगको सम्भावित द्वन्द्वका क्रममा रुसको उर्जाक्षेत्रलाई ध्वस्त पार्नका लागि यस्ता किसिमको साइबर आक्रमण गरिएको समाचारमा जनाइएको छ ।

रुसी विद्युतीय ग्रिडमा अमेरिकी साइबर आक्रमणका यसअघि सार्वजनिक भएका थिएनन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ३ : ४३ बजे

छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते

जनकपुरधाम – सिरहाको छुट्टाछुटै स्थानमा आज भएको दुर्घटनामा दुई जनाको

जेसिके फाइट नाइट : चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित

काठमाडौं – नेपाली मिश्रित मार्सल आट्र्स (एमएमए) खेलाडी युकी आङदेम्बेले

सुनसरीको देवानगञ्जमा फेरि गोली चल्यो, दुई जना पक्राउ

विराटनगर – सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा गोली प्रहारबाट एक युवक

साउदी राजधानी रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अवरूद्ध

रियाद- साउदी अरबको राजधानी रियादको अन्तर्राष्ट्रिय विमानस्थल नजिक शनिबार कालो