काठमाडौँमा एकै दिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारबाही, मापसे गर्ने १३३ जना  « Khabarhub

काठमाडौँमा एकै दिन २२ सयभन्दा बढी सवारी चालकमाथि कारबाही, मापसे गर्ने १३३ जना 


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा एकै दिन २ हजार २२० जना सवारी चालमाथि कारबाही गरेको छ ।

ट्राफिक नियम उल्लङ्घन गरेका कारण सोमबार उपत्यकाका विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १६५ जना, मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाउने १३३ जना,  तीव्र गतिमा सवारी साधन चलाउने ६० जना, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने १०९ जना, लेन उल्लङ्घन गर्ने ५३ जना सवारी चालक रहेका छन् ।

यस्तै, ढोका खुल्लै राखेर सवारी चलाउने ७६ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ४७ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३४ जना र क्षमता भन्दा बढी यात्रु राख्ने २४ जना चालकहरूलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १० : ५८ बजे

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि

कांग्रेस महिलातर्फ केन्द्रीय सदस्यमा बासना थापालाई धेरै मतको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य महिलातर्फ १५