कबड्डी-४ को प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता « Khabarhub

कबड्डी-४ को प्रदर्शन रोक्न माग गर्दै उजुरी दर्ता


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदर्शनसँगै ‘कबड्डी ४: द फाइनल म्याच’ चर्चामा छ । पहिला फिल्मले पाएको शो, फिल्मले गरेको बिजनेशको चर्चा भएको थियो । यद्यपि पछिल्लो समय यसलाई विवादले चर्चामा ल्याएको छ । केही समय अगाडि अभिनेत्री मिरुना मगर र भिक्षु फुर्पा तामाङबीच देखिएको विवाद सुल्झिएको भनिएता पनि त्यो विभिन्न रुपमा अगाडि आइरहेको छ । यसैक्रममा प्रदर्शनरत फिल्म कबड्डी–४ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला प्रकाशन कार्यालय काठमाडौंमा उजुरी दर्ता भएको छ । 

बौद्धधर्मको मानमर्दन हुने दृश्य र कथा समावेश गरिएको भन्दै रोविन कुमार लामाले कबड्डी–४ को प्रदर्शन तत्काल रोक्न र पछि दृश्य र शब्द काँटछाँट गर्न माग गर्दै सोमबार चलचित्र जाँच समिति, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहितलाई विपक्षी बनाएर उजुरी दर्ता गरेका हुन् । 

१२३१/२०७९-२/३० दर्ता नम्बर रहेको उजुरीमा लामाले उल्लेख गरेका छन्, ‘कबडडी –४ चलचित्रको मूल कथावस्तु र प्रस्तुतीका दृश्यहरु बौद्ध धर्मावलम्बी लामा भिक्षु वर्ग, सनातन बौद्ध सम्प्रदाय विशेषको मानमर्यादामा गम्भीर हानी नोक्सानी पुर्‍याइ अपहेलित गर्ने साथै सामाजिक सुसम्बन्धमा विरोध पर्ने प्रकृतिको रही सार्वजनिक हित सदाचार वा नैतिकताको प्रतिकुल असर पर्ने विषय समावेश हुँदा हुँदै चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन, २०२६ को दफा ८ को उपधारा ४ बमोजिम हटाउन लगाई काँटछाँट वा हेरफेर गर्ने आदेश जारी गरी पाउँ ।’

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  १ : ४६ बजे

दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु

दोलखा – दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको

बङ्गलादेशमा सन् २०२४ को विद्रोहमा सामूहिक हत्या गरी गाडिएका चिहान उत्खनन सुरु

ढाका–  बङ्गलादेशी प्रहरीले गत वर्षको जनविद्रोहका क्रममा हत्या गरी परिवारको

सरकारले जेन-जी अगुवाको सरोकारलाई सकारात्मक रुपमा सम्बोधनको पहलकदमी लिन्छ : मन्त्री अर्याल 

काठमाडौं– जेन-जी आन्दोलनकर्मीहरुको मानव अधिकारको सम्बन्धमा गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, नेपाल

सोमबारदेखि मानव अधिकार महाभेला

पाटन– मानव अधिकारको विश्वव्यापी घोषणापत्रलाई स्थानीयकरण गरी नागरिक समाजका तर्फबाट