यसकारण बढ्यो काठमाडौंमा गर्मी | Khabarhub Khabarhub

यसकारण बढ्यो काठमाडौंमा गर्मी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ — शनिवारदेखि काठमाडौं उपत्यकासहित देशभर गर्मी बढेको छ । मौसमी प्रणाली बंगालको खाडी आसपासमा रोकिएपछि मनसुन आउन ढिलाइ भइरहेको छ जसका कारण गर्मी बढेको छ ।

जलवाष्पयुक्त वायु बंगालको खाडीबाट नआएका कारण वायुको प्रवाह कम भएको र बादल लाग्न नसक्दा वर्षा पनि नभएको र त्यसका कारण गर्मी बढेको मौसमविद् मीनकुमार अर्यालले बताए ।

उनका अनुसार मनसुन बंगालको खाडी छेउछाउमै अड्किएको छ । यो प्रणाली उत्तर तिर सर्दै आउनु पर्नेमा उतै रोकिएको अर्यालले बताए ।
त्यस्तै पश्चिमतिर अरेबियाली सागरमा ‘वायु’ नामको आँधी आएका कारण पश्चिम नेपालतिर गर्मी बढिरहेको उनको भनाइ छ ।

काठमाडौँको तापक्रम वर्षको उच्च भएकाले गर्मी बढेको महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताए ।

उनका अनुसार केही दिनयता बाहिरबाट कुनै पनि मौसमी प्रणाली नआएको र स्थानीय बादल पनि राम्रोसँग विकसित नभएकाले गर्मी बढेको हो । अझै दुई दिनसम्म गर्मी बढ्नेछ । अबको तीनरचार दिनपछि देशको पूर्वी क्षेत्रबाट विस्तारै मनसुन सक्रिय हुने मौसमविद् नगरकोटीको भनाइ छ ।

शनिवार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायल, भैरहवा र नेपालगञ्जको समान ४३, धनगढीको ४२ तथा दाङको ३९ डिग्री सेल्सियस रहेको थियो ।

सामान्यतया नेपालमा जेठ अन्तिम साता (जुन १०) मा मनसुन सुरु हुने भए पनि केही वर्ष यता मनसुन धकेलिरहेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ३७ बजे

रास्वपाविरुद्ध कांग्रेस महामन्त्री शर्माको कटाक्ष – आफूभित्रका कमजोरीविरुद्ध पनि बोल्नुस्

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

खाद्यान्नमा कोशी आत्मनिर्भर, ११ लाख ८२ हजार मेट्रिक टन वर्षे धान उत्पादन

विराटनगर– कोशी प्रदेशमा गएको आर्थिक वर्षमा दुई लाख ७५ हजार

व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसीसी जस्ताको तस्तै पारित हुने थियो : अध्यक्ष प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसीसम्बन्धी

पछिल्लो एक सातामा थप १ सय ६४ जनामा डेङ्गु संक्रमण, संक्रमितको संख्या २६ सय नाघ्यो 

काठमाडौं– पछिल्लो एक सातामा देशभर १ सय ६४ जनामा डेङ्गुको

सुशील र अञ्जनाले सके ‘परिवर्तन’को सुटिङ

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली शीर्ष