बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन : अर्थमन्त्री शर्मा « Khabarhub

बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको छैन : अर्थमन्त्री शर्मा


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणका क्रममा मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश नगरेको दाबी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा उनले बजेट निर्माण गर्न मध्यराति मन्त्रालयमा अनधिकृत व्यक्ति छिरेको भन्ने खबर भ्रामक र कपोकल्पित रहेको बताए ।

बजेट सार्वजनिक गर्ने अघिल्लो दिन १४ जेठमा मध्यराति मन्त्री शर्माले मन्त्रालयमा दुई जना अनधिकृत व्यक्ति प्रवेश गराएर करको दररेट परिवर्तन गराएको समाचार सार्वजनिक भएपछि एमालेले विरोध जनाउँदै आएको छ ।

जारी बैठकमा पनि अर्थमन्त्री शर्माको जवाफप्रति विश्वास नगरेका एमालेका सांसदहरूले विरोध जनाइरहेका छन् । एमाले प्रमुख सचेतक विशाल भट्टराई बोलिरहेका छन् ।

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ४ : ५९ बजे

क्षत्रवतीका दुई सय बढी विद्यार्थीलाई स्कुल ब्याग वितरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-८ मा रहेको क्षत्रवती माध्यमिक विद्यालयको ५९औँ

सर्लाहीमा गगनका प्रतिस्पर्धी छैनन्, १० हजार मतान्तरको जित हुन्छ : सरोज कुमार

काठमाडौं– नेपाली काङ्ग्रेसले सभापति गगन थापालाई सर्लाही क्षेत्र नम्बर ४

सेरेना विलियम्स टेनिसमा फिर्ताबारे अनिश्चित

एजेनसी– टेनिसकी २३ पटककी ग्रान्डस्लाम विजेता सेरेना विलियम्सले प्रतिस्पर्धामा फिर्ता

तीन हिरो भएको फिल्ममा आनाको लिड

काठमाडौं – नायिका आना शर्माको अभिनय रहेको फिल्महरु प्रायः चर्चामा

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने कर्मचारीलाई स्पष्टीकरण

किमाथांका– निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने यहाँका