प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ : अध्यक्ष लिङदेन | Khabarhub Khabarhub

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्छ : अध्यक्ष लिङदेन


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थामा जानुपर्ने बताएका छन् । 

मंगलबार काठमाडौंमा दोलखा–काठमाडौं उपत्यका सम्पर्क समाजको दोश्रो अधिवेशन उद्घाटन गर्दै लिङदेनले देशमा देखिएको बेथिति अन्त्य गर्न प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली हुनुपर्ने बताएका हुन् । उनले पूर्ण समानुपातिक संसदीय प्रणाली हुनुपर्ने र यसले गर्दा सांसद हुन मतदाता किन्नुपर्ने र प्रधानमन्त्री हुन सांसद किन्नुपर्ने अवस्थाको अन्त्य हुने तर्क गरे । अहिले देश अहिलेसम्मकै अप्ठेरो परिस्थितिबाट गुज्रीरहेको भन्दै नागरिकहरूले ठिक ढंगले निर्णय लिन नसके देशले ठूलो क्षति बेहोर्नुपर्ने उनले  बताए । उनले देशलाई दुर्घटनाबाट बचाउन र देशलाई असफल राष्ट्र हुनबाट जोगाउन सबै नागरिकले योगदान गर्नुपर्ने बेला आएको तर्क गरे ।

उनले अहिले नेतृत्वले स्थापित गरेको प्रणाली नै गलत भएको धारणा राखेका थिए । 

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ०२ बजे

जनकपुरमा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

धनुषा– जनकपुरधाममा आजदेखि मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता सुरु हुँदै छ

बाढीले बगाएर सवइञ्जिनियर रविन दाहालको मृत्यु

ललितपुर– ललितपुरको दक्षिणपूर्वी भेगमा रहेको महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङमा खोल्सामा आएको

भोक मार्ने ओखती उमार्ने असार

झरीले मकैको पातमा सङ्गीत भरिरहँदा म तिमीलाई सम्झिरहेको छु ।

संसदीय सुनुवाइसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ ।

राष्ट्रियसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (बिहीबार) बस्दैछ ।