प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरौँ : परराष्ट्रमन्त्री खड्का « Khabarhub

 प्रधानमन्त्रीको अमेरिका भ्रमणलाई शङ्काको दृष्टिले नहेरौँ : परराष्ट्रमन्त्री खड्का


३१ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री नारायण खड्काले प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी भएको अमेरिका भ्रमणलाई शङ्काले नहेर्न आग्रह गरेका छन् ।

मंगलबार प्रतिनिधिसभामा जवाफ दिँदै परराष्ट्रमन्त्री नारायण खड्काले द्विपक्षीय भ्रमण तथा भेटघाट नेपालले अवलम्बन गर्दै आएको स्वतन्त्र, सन्तुलित परराष्ट्र नीतिलाई ध्यानमा राख्दै तय गरिने भन्दै त्यसमा शङ्का नगर्न आग्रह गरे ।

उनले भने, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढेको छ, यो सरकारले लिएको नीतिका कारण हो। नेपालसँग १७६ देशसँग दैत्य सम्बन्ध कायम भएको छ।’ सम्बन्ध विस्तारका लागि भेटघाट र भ्रमण स्वाभाविक भएकाले त्यसलाई शङ्का गर्न नहुने उनले उल्लेख गरे।

असार अन्तिममा हुने देउवाको अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर गर्ने तयारी छ। हालसालै सार्वजनिक भएको सम्झौताको उक्त मस्यौदामा अमेरिकी सेनालाई नेपालमा सहज उपस्थिति दिनेछ।

सम्झौता मात्रै नभई प्रधानमन्त्रीको भ्रमणसमेत रोक्नुपर्ने आवाज उठेका बेला मन्त्री खड्काले बचाउ गरेका हुन्।

‘भेटघाटलाई शङ्काले नहेर्न आग्रह गर्दछु। यस्ता भ्रमणले नेपालको सम्बन्ध विस्तार गर्न र देशको छवि बढाउन भूमिका खेलेको छ। विगतका वर्षमा यस्ता भ्रमण भएको थियो, यो भइरहन्छ, उनले अगाडि भने, ‘नेपालको स्वाधीनता, स्वतन्त्रताकालाई ध्यान दिएर भ्रमण हुन्छन्।’

प्रकाशित मिति : ३१ जेठ २०७९, मंगलबार  ५ : ५७ बजे

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

तनहुँ जिल्ला प्रशासनबाट तीन महिनामा ४३४ गुनासा फर्स्योट

तनहुँ– जिल्ला प्रशासन कार्यालयले तनहुँले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा

पोखरा महानगरले मुख्य सडक क्षेत्र वरपरका ‘वर्कसप’ हटाउँदै

कास्की– पोखरा महानगरपालिकाले मुख्य सडक किनारमा रहेका वर्कसप, ग्यारेजलगायत संरचना

बाढीले क्षति पुर्‍याएकाे तीनतले झरनालाई पुरानै लयमा फर्काइँदै

काभ्रे– जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित बेथानचोक गाउँपालिका–१ च्याम्राङ्गबेँसीमा रहेको तीनतले

एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै 

काठमाडौं– नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको सन्देश देशैभर प्रवाह