विवादास्पद सुपुर्दगी विधेयक स्थगित भएपनि हङ्कङमा विशाल प्रदर्शन जारी « Khabarhub

विवादास्पद सुपुर्दगी विधेयक स्थगित भएपनि हङ्कङमा विशाल प्रदर्शन जारी


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हङ्कङ– हङ्कङ सरकारले विवादास्पद सुपुर्दगी विधेयकको प्रक्रिया स्थगित गरेपनि विपक्षीले सरकार विरोधी विशाल प्रदर्शनलाई निरन्तरता दिएका छन् ।

हङ्कङको सडकमा दशौं हजार मानिसहरुले शहरकी प्रमुख कार्यकारी क्यारी लामको राजीनामा माग्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारी सेतो फूल बोकेर सडकमा ओर्लिएका छन् । शनिबार एक भवनबाट खसेर ज्यान गुमाएका प्रदर्शनकारीको शोकमा सेतो फूल लिएर प्रदर्शनकारी सडकमा ओर्लेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अघिल्लो साता त्यहाँ भएको व्यापक प्रदर्शनपछि प्रमुख कार्यकारी क्यारी लामले विवादास्पद सुपुर्दगी विधेयकको संसदीय प्रक्रिया अनिश्चितकालसम्मका लागि स्थगित गरिएको घोषणा गरेकी थिइन् ।

अघिल्लो साता भएका प्रदर्शनमा दश लाख प्रदर्शनकारीको सहभागिता थियो ।

बुधबार प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएको झडपमा ७० जनाभन्दा धेरै घाइते भएका थिए । प्रमुख कार्यकारी लामले प्रदर्शनप्रति दुःख र पश्चाताप महशुस गरेको जनाएपनि उनले पदबाट राजीनामा दिन भने अस्वीकार गरेकी थिइन् ।

प्रदर्शनकारीले भने प्रमुख कार्यकारीका रुपमा उनी असफल सिद्ध भइसकेकाले उनले पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ४ : ५९ बजे

आज विश्व ध्यान दिवस मनाइँदैः टुँडिखेलमा विशेष कार्यक्रम

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै

निर्वाचन ७४ दिन बाँकीः आचारसंहितामा कस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार

आज २०८२ साल पुस ६ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ६ गते आइतबार तदनुसार