काठमाडौँ– गायिका इन्दिरा जोशीले प्रेमी शरद केडियासँग मंगलबार विवाह गरेकी छन् । चितवनको बाराही जंगलको एउटा लजमा उनीहरुको विवाह भएको हो । विवाह समारोहमा दुवैतर्फका परिवार र आफन्त गरी ५० जनाको उपस्थिति रहेको थियो ।
आइतबार मेहन्दी उत्सव गरेकी इन्दिराले मंगलबार विवाह गरेकी हुन् । इन्दिरा र शरदले आगामी तिहारपछि काठमाडौं र वीरगञ्जमा रिसेप्सन पार्टी दिने जनाइएको छ । नेपाल आइडलको मञ्चबाट गायनमा प्रवेश गरेकी इन्दिराले आइटम गायिकाको रुपमा पाश्र्व गायनमा नाम कमाएकी थिइन् । इन्दिराका हुनेवाला दुलाहा शरद केडियो फेसन डिजाइनर रहेको बताइएको छ ।
यो जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए । शरदले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औँठी लगाइदिएका थिए भने इन्दिराले बिहेको प्रस्ताव स्वीकारेकी थिइन् ।
प्रतिक्रिया