रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन « Khabarhub

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन


६ पुस २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

तनहुँ– नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रको दिगो सञ्चालनका लागि २९ लाख रुपैयाँ सङ्कलन भएको छ ।

दमौली अस्पताल परिसरमा स्थापना गरिएको रक्तसञ्चार केन्द्रलाई दिगो बनाउन थालिएको अभियान अन्तर्गत हालसम्म २९ लाख रुपैयाँ सङ्कलन भएको हो ।

विसं २०७२ मङ्सिर १२ गते रक्तसञ्चार सेवा केन्द्र स्थापना भएको थियो । हाल दमौली अस्पतालको सहयोगमा मेडिबैंक भएको अस्पतालको गेटमै रक्तसञ्चार केन्द्र सञ्चालनमा रहेको छ ।

रक्तसञ्चार केन्द्रलाई दिगो र सहज बनाउन ५० लाखको अक्षयकोष स्थापना गर्ने उद्देश्यबमोजिम सहयोग अभियान थालिएकामा विभिन्न पालिकाबाट सहयोग प्राप्त भइसकेको र केही पालिकाबाट सहयोगको प्रतिबद्धता आएको रेडक्रस शाखा सभापति प्रा. डा. कृष्णप्रसाद गौतमले जानकारी दिए ।

प्रा. डा. गौतमका अनुसार २१ लाख ५० हजार खातामा जम्मा भइसकेको छ भने सात लाख ५० हजारको प्रतिबद्धता प्राप्त भएको छ ।

गौतमका अनुसार व्यास नगरपालिकाबाट पाँच लाख, बन्दीपुर गाउँपालिकाबाट पाँच लाख, म्याग्दे गाउँपालिकाबाट पाँच लाख, भानु नगरपालिकाबाट चार लाख, भिमाद नगरपालिकाबाट दुई लाख, घिरिङ गाउँपालिकाबाट ५० हजार प्राप्त भइसकेको छ ।

शुक्लागण्डकी नगरपालिकाबाट तीन लाख, देवघाट गाउँपालिकाबाट दुई लाख ५० हजार, ऋषिङ गाउँपालिकाबाट दुई लाखको प्रतिबद्धता व्यक्त गरिएको जनाइएको छ ।

रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सोही अक्षयकोषबाट प्राप्त ब्याज रकमबाट केन्द्र सञ्चालनमा सहजता ल्याउन खोजिएको प्रा. डा. गौतमको भनाइ छ । उनले भने, ‘विसं २०७९ चैत १४ गते समन्वय समितिका प्रमुखको संयोजकत्वमा बसेको बैठकले रक्तसञ्चार केन्द्र सञ्चालनका लागि अक्षयकोष बनाउने र सो अक्षयकोषमा ५० लाख जम्मा गर्ने निर्णय गरिएको थियो ।’

सो बमोजिम रेडक्रस सोसाइटीले जिल्लाका सबै पालिकालाई आग्रह गरेबमोजिम नौवटा स्थानीय तहबाट सहयोग भएको प्रा. डा. गौतमले बताए । रक्तसञ्चार केन्द्र नियमितरूपमा सञ्चालन, रेखदेख तथा अनुगमनका लागि गौतमको संयोजकत्वमा १४ सदस्यीय समिति गठन गरिएको छ ।

दमौली अस्पतालमा मिर्गौला डायलासिसका बिरामी, सुत्केरी महिला र अन्य घाइतेलाई रगतको माग हुँदा पूर्ति गर्ने उद्देश्यले रक्तसञ्चार केन्द्र स्थापना गरिएको हो ।

प्रकाशित मिति : ६ पुस २०८१, शनिबार  ९ : १० बजे

भैँसेपाटी पुगेर रवीन्द्र मिश्रले गरे मतदान

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले

रवि लामिछानेले ब्यालेट बक्समा ढोगेर मत खसाले

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतदान गरेका

तनहुँमा मतदान सुरु

दमौली– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँमा मतदान सुरु भएको छ । 

चितवन पुगेर नेकपा संयोजक प्रचण्डले गरे मतदान

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सिनामंगल अन्नपूर्ण स्कुलमा पुगेर बालेनले गरे मतदान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले