बजेटका काम सकिएलगतै नयाँ मन्त्रीहरूलाई सरकारमा पठाउने नेकपा (एस) को निर्णय « Khabarhub

बजेटका काम सकिएलगतै नयाँ मन्त्रीहरूलाई सरकारमा पठाउने नेकपा (एस) को निर्णय


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले स्थानीय तहको समीक्षा प्रतिवेदन परिमार्जन सहित पारित गरेको छ ।

पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले व्यापक परिमार्जन सहित समीक्षा प्रतिवेदन पारित गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उक्त प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठकले अन्तिम रूप दिने उनले बताए । बैठकले असार १० गते पोलिट्ब्युरो र ११ गते केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ भने असार १३ र १४ गते केन्द्रीय परिषद्को बैठक बोलाउने निर्णय गरेको खतिवडाले जानकारी दिए । बैठकले बजेटका काम सकिएलगतै नयाँ मन्त्रीहरूलाई सरकारमा पठाउने निर्णय गरेको उनले बताए। त्यस्तै बैठकले पार्टीको अनुशासनविरुद्ध काम गर्ने १२ जनालाई कारवाही गरेको पनि उनले जानकारी दिए । उनले पार्टी अव आम निर्वाचनको तयारीमा लाग्ने बताए ।

राष्ट्रिय हितको प्रतिकुल हुने कुनै पनि सम्झौता नगर्न सरकारलाई सजग गराउने बैठकले निर्णय गरेको छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ७ : ५७ बजे

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न

भोटेकोशी बाढीको एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी

काठमाडौँ– रसुवाको भोटेकोशी नदीमा अकस्मात् बाढी गएको एक महिना भएको