नेपालले नै एसपीपीमा सामेल हुन दुईपटक निवेदन दिएको हो : अमेरिका « Khabarhub

नेपालले नै एसपीपीमा सामेल हुन दुईपटक निवेदन दिएको हो : अमेरिका


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सामेल हुन नेपालले दुईपटक निवेदन दिएको अमेरिकाले स्पष्ट पारेको छ ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका उपप्रमुख मानुएल मिकलरले आज दिउँसो केही पत्रकारहरुसँगको कुराकानीका क्रममा नेपालले एसपीपीमा सामेल हुन सन् २०१५ र २०१७ मा निवेदन दिएको जानकारी दिएका हुन् ।

नेपालले दुुई पटक निवेदन दिएपछि बल्ल अमेरिकाले सन् २०१९ मा अनुरोध स्वीकार गरेको स्पष्ट पारे । उनका अनुसार सन् २०१९ मा अमेरिकी राज्य युटाको नेशनल गार्डसँग सहकार्य गर्ने गरि उक्त अनुरोध स्वीकार गरिएको हो ।

अमेरिकाको तर्फबाट एसपीपीमा हस्ताक्षर गर्न नेपाललाई कुनै पनि दबाब नदिएको पनि उनले जनाए । एसपीसी नेपालको उत्तरी छिमेकी चीनविरुद्ध प्रयोग नहुने पनि उनले प्रस्ट पारे । २५ वर्ष अघि अस्तित्वमा रहेको र ९० मुलुकमा ८० भन्दा बढी सहकार्य भएको बताउँदै ती सबै मुलुकहरु यस क्षेत्रमा नरहेको पनि बताए ।

केहि सञ्चारमाध्यमहरुमा एसपीपीको बारेमा सार्वजनिक भएका दस्तावेजहरु गलत भएको उनको भनाइ छ । एसपीसी कार्यक्रम सुरक्षा र सैन्य गठबन्धन नरहेको उल्लेख गर्दै उपप्रमुख मिकलरले यसबाट द्विपक्षीय लाभ लिन सकिने बताए ।

उनले एसपीपीबाट अमेरिकाको द्विपक्षीय सम्बन्ध, जनस्तरको सम्बन्ध, कूटनीतिक संलग्नता, अन्तरसैनिक सहकार्य, व्यापार र समान विचारलाई बलियो हुने बताए । एसपीपीअन्तर्गत प्राकृतिक प्रकोप, विपद्, भूकम्प, बाढी, आगलागी जस्ता समस्या पर्दा तुरुन्त उद्धार गर्नको लागि अमेरिकी नेशनल गार्डसँग गृहकार्य गर्ने रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ३१ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग