वर्तमान बजेटमाथि अर्थमन्त्री र अर्थविदबीच छलफल « Khabarhub

वर्तमान बजेटमाथि अर्थमन्त्री र अर्थविदबीच छलफल


१ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल उद्योग व्यवसायी महासंघले वर्तमान बजेटको विषयमाथि छलफल गरेको छ ।

आज (बुधवार) कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा बजेटको विषयमा केन्द्रित रहेर बृहद छलफल गरिएको महासंघले जनाएको छ । कार्यक्रममा अर्थविद र अर्थमन्त्रीबीच नेपालको अर्थतन्त्र र बजेटबारे छलफल भएको थियो ।

कार्यक्रममा वरिष्ठ अर्थविद् तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्री, त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका केन्द्रीय अर्थशास्त्र विभागका विभागीय प्रमुख प्रा.डा शिवराज अधिकारी, अर्थविद् तथा राष्ट्रिय आर्थिक सरोकार समाजका केन्द्रीय अध्यक्ष गंगा बहादुर थापा, वरिष्ठ र्अशास्त्री प्रा.डा जीवनाथ धिताल, अर्थविद डा. चन्द्रमणी अधिकारी, अर्थविद् डा.उत्तम खनाल, अर्थविद् केशवराज पन्थी, अर्थविद गंगा कार्की राष््िरय योजना आयोगका पूर्व सदस्य तथा अर्थविद् डा. चन्द्रकान्त पौडेल लगायतको उपस्थिति थियो ।

छलफलपछि अर्थविदहरुले यो बजेट विकासमुखी रहेको र यसलाई सकारात्मक रुपमा लिइनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका अर्थमन्त्री शर्माले यो बजेटले मुलुकलाई अस्थिरताबाट स्थिरतातर्फ र आयातबाट उत्पादनतर्फ लैजाने बताए ।

उनले नेपालसँग प्रशस्त स्रोतहरु रहेको र त्यसको सदुपायेग गर्ने क्षमता आम जनतामा पुर्‍याउनुपर्ने धारणा राखे ।

त्यस्तै अर्थमन्त्री शर्माले बजेटलाई अझै प्रभावकारी बनाउँदै अघि बढाउन महासंघले ठूलो भूमिका खेल्ने कुरामा आफू विश्वस्त रहेको पनि बताए ।

प्रकाशित मिति : १ असार २०७९, बुधबार  १० : ३७ बजे

नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको बैठक सम्पन्न

पोर्चुगल– नेपाल–पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्र ‘बीसीएम’को पहिलो बैठक पोर्चुगलको राजधानी

ट्राफिक प्रहरी हेटौँडाबाट सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन

बागमती– जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८२–८३

बाघ गणनामा प्रयोग राखिएका ६० क्यामेरा हराइए

चितवन– चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग

नेपाल–भारत आर्थिक सहकार्यलाई थप सहज र परिणाममुखी बनाउन जोड

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक

तैरिने फोहोर संकलन गर्न बागमतीमा ‘ट्रास बेरियर’ (तस्बिरहरू)

काठमाडौं– सहरी विकास मन्त्रालय अन्तर्गतको बागमती सभ्यता एकीकृत विकास समितिले