'८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन' | Khabarhub Khabarhub

‘८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सम्भव छैन’



अहिलेको बजेटको तर्जुमा गर्दा बजेटका आधारभूत कुराहरूमा बनेका नीति र योजनाहरू कति कार्यान्वयन हुन्छन् ? त्यो त थाहा छैन । तर पनि आर्थिक वृद्धिदर ८ प्रतिशतको तर्जुमालाई भेट्टाउन एउटा विशेष किसिमको योजना बनाउनुपर्छ ।

विगतलाई हेरेर भविष्यमा जाने हुनुपर्छ । नेपालको ३० वर्षको औसत आर्थिक वृद्धि हेर्दा ४ प्रतिशत रहेको छ । एभरेज इन्फ्लेक्सन ६ प्रतिशत रहेको छ भन्ने एउटा प्रक्षेपण रहेको छ । अर्को कुरा यति ग्रोथले हामी विकसित राष्ट्रतिर उन्मुख हुन सक्छौँ त भन्ने कुरा यो बजेटले हेर्न खोजेको जस्तो लाग्छ । तर ८ प्रतिशतको ग्रोथ रेट आत्मसात गर्नको लागि पोलिसी ट्रान्समिसन कस्तो आउँछ त्यसमा भर पर्दछ । तरलताको अभावमा ‘लोनेभल फण्ड’को अभाव हो ।

आयातमा अहिले नेपाल राष्ट्र बैंकले लिएको नीति छन् । त्यो एक वर्ष अगाडि लिएको भए अहिले केही हदसम्म कन्ट्रोल हुन्थ्यो । किनभने कोभिड आउँदा लिएको राहत दोस्रो कोभिड आउनु भन्दा अगाडि रिभर्स गरेको भए इकोनोमीलाई इन्भेस्टमेन्टतिर जान अलिकति असहज हुन्थ्यो जस्तो लाग्छ ।

किनभने फरेन एक्सचेन्जको बिओपि पनि नेगेटिभ जान लागि सक्यो । मनिटरी एक्प्यान्सनको कुरामा ‘फ्रड मनि’ हामीले जहिले पनि टार्गेट गर्छौँ, १८ प्रतिशतको । अनि मौद्रिक नीति चाहिँ २२ प्रतिशतसम्म लैजान्छौ । तर त्यसमा मनिटरी क्याप लगाउनेतिर हामी जाँदैनौँ । त्यो यो बजेटले प्रतिबद्धता पूरा गरोस् । सम्पूर्ण पैसा सरकारले त्यहाँबाट लिएर चलाउने भन्छ भने विकास निर्माण गर्ने बाहकहरु प्राइभेट सेक्टरले कहाँबाट लिन्छन् । अहिलेको बैँकिङ क्षेत्रमा लिकुरिटिको अति नै अभाव भएको बेलामा यसले आर्थिक वृद्धिदरलाई ८ प्रतिशत ग्रोथमा राख्नलाई मद्दत गर्दैन ।

यो बेलामा अन्तर्राष्ट्रिय उमेरका हिसाबले ८० वर्षसम्म प्रोडक्टिभ उमेर हो भनेर डब्लूएचओले पनि राखेको छ । तर हाम्रो चाहिँ ६८ मै पेन्सन खाएर बस है भनेको छ । यसले पनि इकोनोमीलाई ठूलो असर पारेको छ । एउटा राष्ट्र बैँकले मात्र सबै आइरहेका बैँकिङ फाइनान्सियल इन्स्टिच्युसन र नन बैँक फइनान्सियल इन्स्टिच्युसनलाई आफ्नो दायराभित्र ल्याउन सक्दैन ।

आर्थिक विकासको सिद्धान्तले के भन्छ भने आर्थिक परनिर्भरता जति बढ्दै गयो, त्यति सेन्टर बैकले नियन्त्रण गुमाउँदै जान्छ । होइन भने अनौपचारिक क्षेत्रतिर इकोनोमि जान्छ भनिन्छ । अझै पनि इन्भेस्टमेन्ट गर्नको लागि लगानी गर्नुपर्छ ।

त्यसको आउटपुट निकाल्न पर्‍यो । सेभिङ गर्नुपर्यो । फेरि त्यही इन्भेस्ट गर्नुपर्छ । रेमिट्यान्सलाई एउटा परिधिभित्र राखेर युवाहरुलाई राष्ट्रमै रोजगार दियो भने त्यसले अलिकति मद्दत गर्दछ । बजेटमा एक दुई वर्षको मात्र हेर्दैनौ । बजेटले गरेका कुराहरु एक वर्षभित्र सबै सम्पन्न हुँदैनन् ।

एउटा बाटो तयार गरेको हुन्छ । त्यस बाटोमा हिँड्यो भने चाहिँ नेपाल विकसित हुन्छ । त्यो दृष्टिले बजेट प्रभावकारी नै होला । तर ८ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सम्भव देखिँदैन । दीर्घकालीन मनिटरी पोलिसी आउनु पर्ने अवस्थामा हाम्रो इन्फ्लेक्सन सप्लाई साईडबाट छ ।

माग तत्काल सिर्जना हुँदैन । बिओपी १३ महिनाको लागि छ । हाम्रो फरेन एक्चेन्ज रिजर्भ, १३ महिनाको लागि धान्न सक्ने वस्तु तथा आयात छ भनेर ढुक्क हुने अवस्था छैन । किनभने जति पैसा त्यहाँ राख्यो त्यति नै क्रय शक्ति घट्दै जान्छ ।

विकासलाई तीव्र रुपमा अगाडि लाने हो भने ८ प्रतिशतको आर्थिक वृद्धिदरलाई प्राप्त गर्नै पर्छ । नेपालमा त्यो ‘भेलोसिटी अफ मनि’ ७० देखि ८० मात्र छ । तर त्यतिले पुग्दैन । देशको अहिलेको पर्फमेन्स भनेको इकोनोमिलाई इटरलाइज गर्ने हो ।

सामान्य अवस्थामा आर्थिक वृद्धिदरलाई ल्याउन सक्यौँ भने मात्र अगाडि जाने हो । आन्तरिक डिम्याण्ड हुन सकेको छैन । आएको इन्फ्रेक्सन पनि इस्टक्चरल फेनामेनाबाट आएको हो । जबसम्म हामीले मागलाई धान्न सक्दैनौँ तबसम्म आर्थिक वृद्धिदर बढ्दैन ।

(आइएसएसआरले आयोजना गरेको कार्यक्रममा डा. रवीन्द्र प्रसाद पाण्डेले प्रस्तुत गरेको विचारको सम्पादित अंशः प्रस्तुती : पुस्पाञ्जली बस्नेत)

https://www.facebook.com/watch/?v=1126753654848323

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ४२ बजे

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित

लेटाङका किसान कफीखेतीमा आकर्षित

मोरङ– कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका