सचिनको कीर्तिमान तोडे विराटले « Khabarhub

सचिनको कीर्तिमान तोडे विराटले


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले सबैभन्दा छोटोसमयमा ११ हजार रन पूरा गर्दै कीर्तिमान बनाएका छन् ।

वर्ल्ड ट्राफोर्डमा जारी खेलमा ७१ रनमा नटआउट रहेका उनले यसअघिको भारतका लिजेन्ड्री क्रिकेटर सचिन तेन्डुलकारको कीर्तिमान भंङ्ग गरेका हुन् ।

कोहलीले जारी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्धको खेलमा आफ्नो ११ हजार रनको आँकडा पुरा गरे । कोहलीले २सय३० एकदिवसीय खेल मध्य २सय२२ पारी खेल्दै एकदिवसीय क्रिकेटमा ११ हजार रन पूरा गरेका हुन् ।

यसअघि सबै भन्दा छिटो सचिनले २७६ पारीमा ११ हजार रनको पूरा गरेका थिए । यस लिस्टमा अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङ तेस्रो स्थानमा छन् । उनले २सय८६ पारीमा ११ हजार पुरा गरेका थिए । त्यस्तै भारतका सौरभ गांगोलीले २८८ पारी खेल्दै ११ हजार रनको आँकडा पूरा गर्दै चौथो स्थानमा छन् ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ५० बजे

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र

यस्ता छन् मन्त्रिपरिषद् बैठकका छ निर्णय

काठमाडौं– सरकारले राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

नेपालको कुल स्वास्थ्य खर्चको सबैभन्दा ठूलो हिस्सा नसर्ने रोगमा : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले नेपालको कुल

सुदूरपश्चिममा ‘निर्वाचन प्रहरी’मा चार हजारभन्दा बढीको आवेदन

महेन्द्रनगर– पछिल्लो तीन दिनमा सुदूरपश्चिम प्रदेशमा निर्वाचन प्रहरीमा भर्ना हुनका

मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध

मुस्ताङ– यहाँका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत्