भारत पाकिस्तानबीचको खेल बर्षाले प्रभावित « Khabarhub

भारत पाकिस्तानबीचको खेल बर्षाले प्रभावित


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अन्तर्गत भारत र पाकिस्तानको खेल बर्षाका कारण प्रभावित भएको छ ।

म्यान्चेस्टरको वर्ल्ड ट्राफोर्डमा ४६.४ ओभरको खेल चलिरहँदा पानी परेपछि प्रभावित भएको हो । अहिले खेल रोकिएको छ । पाकिस्तानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरेको भारतले खेल प्रभावित बन्नु अगाडि ४ विकेटको क्षतिमा भारतले ३ सय ५ रन बनाएको छ ।

जारी खेलमा भारतका लागि ओपनिङ ब्याट्सयान रोहित शर्मा र केएल राहुलले उत्कृष्ट ब्याटिङ गरे । ब्याट्सम्यान द्वयले १सय६३ रनको साझेदारी पारी खेलेका थिए । त्यसैक्रममा सर्वाधिक १सय४० रन बनाएका रोहितले १४ चौका र ३ छक्का प्रहार गरेका थिए भने राहुलले ५७ रन बनाए ।

कप्तान विराट कोहलीले ६२ बलमा ६ चौका प्रहार गर्दै ७१ रन बनाएका छन् । भारतविरुद्ध पाकिस्तानका मोहम्मद आमिरले २ विकेट लिए भने यस्तै, हसन अलि र वाहब रियाजले समान १–१ विकेट लिए ।

बर्षा रोकिए केही बेरमा भारत मैदान उत्रिनेछ बर्षाले खेल प्रभानवित गरेको खण्डमा आईसीसीले खेल केही ओभर घटाएर डीएल मेडथमा खेलाउन सक्नेछ । इङ्ग्ल्यान्ड विश्वकपमा बर्षाले धेरै खेल खल्लो बनाइसकेको छ । लाखौं क्रिकेट प्रशंसक टिभी अगाडि बसिरहँदा भारत पाकिस्तानको खेललाई पनि बर्षाले प्रभावीत पारेको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ६ : ५९ बजे

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वोङबीच भेटवार्ता

न्यूयोर्क – परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङबीच

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

चितवन : पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्ड अर्को सूचना जारी

विपद्पछिको पुनर्निर्माणमा अस्ट्रेलिया नेपालको साथमा छ : अस्ट्रेलियाली प्रधानमन्त्री

न्यूयोर्क – अस्ट्रेलियाका प्रधानमन्त्रीले विनाशकारी बाढी र पहिरोबाट सिर्जित संकटसँग

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले