चीनको छेङदु नगरले दियो काठमाडौं महानगरलाई दुई ब्रुमर « Khabarhub

चीनको छेङदु नगरले दियो काठमाडौं महानगरलाई दुई ब्रुमर


१ असार २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- धुलोरहित सफा शहर बनाउने अभियानमा जुटेको काठमाडौं महानगरपालिकालाई चीनको छेङदु नगरले २ वटा ब्रुमर हस्तान्तरण गरेको छ ।
चीनले उपलब्ध गराएको २ करोड ३७ लाख रुपैयाँ बराबरको २ वटा ब्रुमर आइतबार एक कार्यक्रमको आयोजना गरी महानगरलाई हस्तान्तरण गरिएको हो ।

चीनको छेङदु नगरपालिकाका प्रतिनिधिले काठमाडौं महानगरपालिकालाई ब्रुमरको चाबी हस्तान्तरण गरेको थियो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले रिबन काटेर ब्रुमरको औपचारिक उद्घाटन गरे ।

छेङदुले महानगरलाई दिएका ब्रुमर युरो ५ मापदण्डका छन् । महानगरको ईन्जिनियरिङ शाखाका प्रमुख प्रमोद डंगोलका अनुसार लम्बाई ८.६ मिटर र चौडाई ३.५ मिटरका ब्रुमरामा २ वटा इञ्जिन छन् ।

गाडी सञ्चालन गर्ने इञ्जिनको क्षमता १५५ किलोवाट छ भने ब्रुमर चलाउने इञ्जिनको क्षमता ११८ किलोवाट छ । १५.८ मेट्रिक टन तौल भएका बु्रमरहरु डिजेलले चल्छन् । धुलो र पातपतिंगर संकलन गर्न प्रयोग गर्न सकिने यी बु्रमरमा ७ घनमिटर धुलो संकलन गर्ने र ९ घनमिटर पानी बोक्ने क्षमता छ ।

सडक सफाइ गर्दा पहिले पानी छर्केर धुलो नउड्ने बनाएपछि धुलो तथा पतिङ्गर तान्नेछ । ९८ किलोमिटर प्रतिघण्टा गति भएको यसले सडकको अवस्था हेरी प्रतिघण्टा ३ किलोमिटरदेखि २० किलोमिटरसम्म सडक सफा गर्न सक्छ । भन्सारबाहेक यी २ वटा ब्रुमरको मुल्य २ करोड २७ लाख ३७२ रुपैयाँ रहेको महानगरले जनाएको छ ।

प्रकाशित मिति : १ असार २०७६, आइतबार  ७ : २४ बजे

विश्वकपमा नवप्रवेशी केप भेर्डेसँग बराबरीमा रोकियो स्पेन

काठमाडौं – फिफा विश्वकप–२०२६ मा उपाधि दाबेदार स्पेन नवप्रवेशी केप

स्पेन र केप भर्डेबीचकाे पहिलो हाफ गोलरहित बराबरी

काठमाडौं – फिफा विश्वकप–२०२६ अन्तर्गत स्पेन र केप भर्डेबीचको पहिलो

घटबढ भएन पेट्रोल र डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल/मट्टितेलको मूल्य यथावत् कायम

बेइजिङमा चिनियाँ समकक्षीसँग मन्त्री खनालको भेटवार्ता

काठमाडौँ । नेपाल र चीनले दुई देशको पारस्परिक हितका लागि

धौलागिरि प्रादेशिक अस्पतालमा डायलाइसिस गर्न पालो कुर्नु नपर्ने

बागलुङ – धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा मिर्गौला रोगका बिरामी बढ्दै