आमिरले पाएका थिए 'लगान' नबनाउने सल्लाह | Khabarhub Khabarhub

आमिरले पाएका थिए ‘लगान’ नबनाउने सल्लाह


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा आमिर खान अभिनीत तथा निर्मित फिल्म ‘लगान’ को छुटै चर्चा छ । फिल्मको कथावस्तु र गीतसंगीत अहिले पनि प्रिय छन् । फिल्मले भारतबाट अंग्रेजलाई भगाएको परिवेशलाई बिम्बात्मक रुपमा प्रस्तुत गरेको थियो । आशुतोष गोवारिकरको निर्देशनमा तयार भएको फिल्म अस्करमा समेत नोमिनेट भएको थियो । फिल्ममा गाउँलेले लगान तिर्न नसकेपछि हुने क्रिकेट म्याचलाई देखाइएको छ । गाउँलेको टीमले अंग्रेजलाई क्रिकेटमा हराएपछि स्वतन्त्र रुपमा आफ्नो बाली प्रयोग गर्न पाएको कथा फिल्ममा छ । जसलाई दर्शकले रुचाए । फिल्म प्रदर्शन भएको २१ औँ वर्ष पुरा भइसकेको छ । 

यो फिल्म प्रति आमिर र आशुतोषलाई विश्वास थियो । यद्यपि लिजेन्ड लेखक जावेद अख्तरलाई विश्वास थिएन । उनले आमिरलाई फिल्म नबनाउन सल्लाह दिएका थिए । यद्यपि आमिरले टेरेनन् र फिल्म बनाए । जावेदलाइ क्रिकेटको दृश्यले दर्शक निराश हुने अनुमान थियो । यद्यपि फिल्मसँग दर्शक कनेक्ट भएपछि यो भारतकै नाम लिने फिल्म मध्ये एक बन्यो ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ४ : ३३ बजे

हङकङ सिक्सेस: नेपाल दक्षिण अफ्रिकासँग भिड्दै

काठमाडौं – हङकङ इन्टरनेसनल सिक्सेस क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो दोस्रो खेलमा

प्रहरी कार्यालयमा तोडफोड आरोपमा श्रीमान्–श्रीमती पक्राउ

बनियानी – जेनजी आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय अनारमनीमा तोडफोड

चुनाव हारे हारिन्छ संविधान जोगाउन निर्वाचनमा जानुपर्छ: सरिता प्रसाईं

काठमाडौँ– नेपाली कांग्रेसकी नेतृ सरिता प्रसाईंले संविधान जोगाउन पनि पार्टीले

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते