हामी कहिले हाम्रो देशलाई विकासतर्फ लैजान सक्छौँ ? | Khabarhub Khabarhub

हामी कहिले हाम्रो देशलाई विकासतर्फ लैजान सक्छौँ ?



बजेटका दुई वटा पाटा हुन्छन् । एउटा हेर्दा सुन्दा एकदमै राम्रो हुन्छ । नीजि क्षेत्रले स्वागत गरेको कारण पनि त्यही हो । सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रममा आधारित प्रस्तुत बजेट हो । अनुसन्धानका हिसाबले यसका सिद्धान्त र प्राथमिकताहरु भनेको बजेटको आकार ठुलो हो कि सानो हो त्यो, पत्ता लगाएर पहिचान खुलाएर अगाडि बढ्यौ भने मात्र आयोजनाहरु कार्यान्वयन हुन्छन् ।

नेपालको इतिहासमा यो १२४० विलियनको राजस्वको श्रोत कहाँ हामी निजि क्षेत्रको प्रतिस्पर्धी श्रोत चाहियो भन्छौ । यो भनेको अहिलेको ४८५२ बिलियनको नयाँ जिडिपि क्याल्कुलेसनको हिसाबले २५ दशमलव ५० प्रतिशत हो । यो भनेको दक्षिण एसियाको सबैभन्दा ठुलो श्रोत हो।

यो जम्मा बजेटको ६९ प्रतिशत त खाली राजश्वको स्रोत मात्र हो ।  झन्डै १०० विलिएन राजश्व आयो भने अहिलेको वर्तमान अवस्थामा के उपयुक्त हो ? एकातिर अहिलेको अर्थतन्त्रमै समस्या छ । कोभिडको झण्डै दुई वर्षको प्रभावले समग्र विश्वको अर्थतन्त्र झन्डै २० प्रतिशत खुम्चिएको थियो । त्यो अहिले सुधारको अवस्थामा छ । दोस्रो रुस–युक्रेन युद्धले धेरै नयाँ नयाँ आर्थिक अवस्थाहरु सिर्जना गरेको छ ।

आज हामी भारतसँग ६५ प्रतिशत इन्पुट बेस्ट इकोनोमी हुँदाखेरि त भारतले पहिला आफ्नो आवश्यकता पुरा गर्दछ । उसले चामलमा चिनीमा प्रतिबन्ध लगायो नि त । आफ्नो जनतालाई पहिला फिट गर्ने अनि मात्र बाहिर दिने । यस्तो अवस्थामा आत्मनिर्भर अर्थतन्त्रतिर नगई यो नयाँ चुनौतीलाई समाधान नगरे केही विकल्प छैन । आत्मनिर्भर अर्थतन्त्रतिर जाने दुई वटा बाटो एउटा आयात प्रतिस्थापन अर्को उत्पादनमूलक उद्योगको प्रवर्द्धन भन्ने बित्तिकै हुने कुरा हैन यसको लागि धेरै योजना र अनुसन्धानको आवश्यकता पर्दछ ।

हाम्रो अहिलेसम्म उत्पादनमूलक उद्योग प्रवर्द्धन किन नभएको भन्दा एउटा हाम्रो कम्पिटेटिभ क्षमता छैन । र, अर्को पुर्वाधारको विकास नहुनु । स्थानीय निकायहरूको एउटा तालमेल नमिलेर पनि भइरहेको छ । झन्डै २० प्रतिशतको कक्पिटेटिभनेस छ, त्यसलाई सरकारले अलिकति सम्बोधन गरेको छ । विशेष गरी उद्योगलाई संरक्षण दिनुपर्छ । अनि मात्र हामीसँग ‘लङ–लास्टिङ इन्ड्रस्टियल सेक्टर’, भन्सारमा ग्याप गरेर हामीले कस्टम प्रोटेक्सन भन्दा पनि इलेक्ट्रिकल सप्सिटाइज यसरी गर्याै भने मात्र हाम्रो इलेक्ट्रोनिक सेक्टरको प्रोमोसन हुन्छ । यस पल्टको भन्सार हरेक वस्तुमा बढाइएको छ ।

भन्सार बढाएर अहिलेको अवस्था कोभिड पछिको रुस युक्रेन युद्धपछिको अवस्थामा पेट्रोलियम पर्दाथको मूल्य २०० प्रतिशतले बढेको छ । नेपाली करेन्सीको डिभ्यालुएसन झन्डै १५ देखि १६ थियो । अहिले २४ पुग्यो । अब कतिसम्म जान्छ थाहा छैन । सबै वस्तुमा मूल्य धेरै बढिसकेको छ । लजिस्टिक कस्ट पनि धेरै बढिसकेको छ । अहिले भारतमा जतिसुकै भिजिट सम्झौता गरे पनि ननट्रेडिबेरियसहरु इम्पोटरहरुले धेरै बुझाउनु परेको छ । आज यो ७ प्रतिशत इन्फ्रसमेन्ट रेटमा अहिलेको इकोनोमीले धान्न सक्दैन ।

अर्को समस्या सबै चोरी पैठारी गर्ने व्यापारलाई अहिले यसले धेरै नराम्रो असर पारेको छ । संसारमा व्यापार नै हो । अर्थतन्त्रको मोल । त्यसकारण अहिले हामीले उद्योग र व्यापारलाई छुट्याउनु भन्दा दुवैको भ्यालु अडिसनको हिसाबमा जानु पर्दछ । के–के कुरामा बढी भ्यालुयड हुन्छ, त्यो पत्ता लगाउनु पर्दछ । मेक इन नेपाल र मेड इन नेपालबीचको कति भ्यालु अडिसन हुन्छ । हामी सबैले बुझ्न जरुरी छ । अहिलेको नयाँ कस्टमको हिसाबले सरकारले १ डलर कमर्शियल प्रपोजको लागि दिएको छ ।

त्यसले गर्दा सरकारको खर्च चलेको छ आज । त्यो बन्द भयो भने कहाँबाट गर्ने ? त्यसकारण एउटा क्याल्कुलेटिभ नीति हुनुपर्यो । सरकार अहिलेको अवस्थामा कुनै पनि इन्पुट रोकेर बस्न सक्दैन । तरलताको व्यवस्थापन कहिले पनि यो फिस्कल पोलिसिले गर्दैन । किनभने फिस्कल पोलिसिले एउटा हामीलाई जिडिपि ग्रोथ ८ प्रतिशत चाहियो । अर्को ७ प्रतिशतको इन्फेक्सनमा बस्नलाई कुन हिसाबले मोनिटरिङ पोलिसि ल्याउन राष्ट्र बैकको मौद्रिक नीति र अहिलेको अवस्थालाई हेर्दा खेरि फिस्कल पोलिसि र मोनिटरिङ पोलिसिमा ‘को–रिलेसन’ होला जस्तो लाग्दैन ।

२०२२ को सुरुवातमा यो विश्व बैंकले तीन वटा कुरामा प्रतिवेदन तयार गरेको थियो । खाद्यान्नको अभाव, पेट्रोलियम पर्दाथको मूल्यवृद्धि र फाइनान्सियल लाइभलिटि । आज लोन लिन एकदमै सजिलो भएको छ । २५६ बिलियन तरलता बजारबाट तान्नु भयो भने नियन्त्रण भन्दा पनि बढी मूल्य वृद्धि भइरहेको छ ।

त्यसकारण यस्तो शिथिल विश्व अर्थतन्त्र भएको अवस्थामा कुनै राष्ट्रले सहयोग गर्ला त ? १२४० अर्ब २५ प्रतिशत भन्दा बढी जिडिपीको चालु खर्चमै सकिन्छ । पूर्वाधार विकास कहाँबाट पैसा ल्याएर गर्नुहुन्छ ? त्यसकारण हामी कहिले हाम्रो देशलाई विकाशतर्फ लैजान सक्छौ ? त्यो त समयले नै बताउँछ ।

(आइएसएसआरले आयोजना गरेको ‘अर्थतन्त्रको आयाम’का विषयमा व्यवसायी कमलेश अग्रवालले प्रस्तुत गरेको विचारको सम्पादित अंशः)

(प्रस्तुती : पुष्पाञ्जली बस्नेत)

https://www.facebook.com/watch/?v=691219681921806

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ५३ बजे

पर्साको पोखरियामा मालपोत कार्यालय स्थापना गर्ने निर्णय

पर्सा– पर्साको पोखरिया नगरपालिकामा मालपोत तथा नापी कार्यालय स्थापना हुने

विपन्न परिवारलाई चुलो वितरण

चितवन– चितवनको सौराहास्थित सपना भिलेज सोसल इम्प्याक्ट नामको गैरसरकारी संस्थाले

चाडपर्वले आपसी सद्भाव, सहिष्णुता र एकतालाई सुदृढ गर्छ : अध्यक्ष नेपाल

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इसाई धर्मावलम्बीको महत्त्वपूर्ण

शेयर बजारमा ‘इन्ट्रा डे’ कारोबार : कहाँ पुग्यो योजना ?

काठमाडौं– नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ आएसँगै शेयर बजारको

पोखराको शहीद चोकलगायत क्षेत्रलाई निषेधमुक्त गर्न रास्वपाको माग

पोखरा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखराको सहिदचोक लगायत क्षेत्रलाई निषेधित