खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार « Khabarhub

खेवाङ पहिरोका घाइतेलाई हेलिकप्टरद्वारा उद्धार


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– गए रातिको पहिरोमा परी सख्त घाइते भएका सिरिजङ्घा गाउँपालिका–७ खेवाङका विष्णु अधिकारीलाई उपचारका लागि विराटनगर लगिएको छ । आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत विराटनगरको कोसी अस्पतालमा उपचारका लागि लगिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। पेट, अनुहार र टाउकोमा चोट लागेर सख्त घाइते भएका अधिकारीलाई उद्धार गर्न जिल्ला विपद् व्यवस्थापन समितिका संयोजकसमेत रहेका पोखरेलको आग्रहमा नेपाली सेनाको हेलिकप्टर घटनास्थल पुगेको थियो । 

घटनास्थलबाट अन्य शवसमेत निकालिएको र हेलिकप्टरमै   राखेर शव परीक्षणका लागि सदरमुकाम फुङलिङमा पुर्‍याइएको थियो । घाइते अधिकारीकी आमा तुलसा र श्रीमती यसोदाको भने घटनास्थलमै निधन भएको थियो । रातको समयमा घरमाथिबाट झरेको पहिरोसँगै उछिट्टिएर सडकमा निस्किएका अधिकारी भागेर ज्यान जोगाउन सफल भए ।

घरमा तीन जना मात्रै बस्दै आएका थिए । परिवारका अन्य सदस्य भने झापास्थित घरमा बस्दै आएका छन् । यता पहिरोकै कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । रातभरको वर्षाका कारण कतिपयले छरछिमेकको घरमा रहेर रात कटाएका थिए । खेवाङसहित जिल्लाका विभिन्न ठाउँमा झरेको पहिरोले ठूलो क्षति पुर्‍याएको र क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिए । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ४ : २४ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर