सर्लाही जिसस प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी « Khabarhub

सर्लाही जिसस प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलङ्गवा – जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध चुनिएका छन्।

उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख दिवाकर भुजेलले जानकारी दिए।

सदस्यमा कांग्रेसबाट हरिपुर नगरपालिका–५, का अलाउदिन मियाँ, हरिपूर्वा नगरपालिका–५, की रामशिलाकुमारी यादव, चक्रट्टा गाउँपालिका–४, की रेखादेवी साह, लालबन्दी नगरपालिका–१७, का रामबहादुर बोम्जन, ईश्वरपुर नगरपालिका–१५, की पासवतीदेवी थरुनी र गोडैता नगरपालिका–६, की सोनावती देवी चयन भएका छन् । त्यसैगरी, माओवादी केन्द्रबाट लालबन्दी नगरपालिका–१५, का हेम कार्की सदस्यमा चुनिएका छन्।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : १८ बजे

ईश्वर पोखरेल पक्षले भन्योः पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेताहरूले पार्टीलाई थप एकताबद्ध

टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण

कामठाडौं – पाचौं अल नेपाल अन्तरवडा राष्ट्रिय टेबलटेनिस प्रतियोगिता ललितपुर

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु