राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर  « Khabarhub

राष्ट्रिय सहमति जुटाएर एसपीपी सम्झौता रद्द गरौँ : नैनसिंह महर 


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पाटर्नर प्रोग्राम (एसपीपी) को सम्झौता रद्द गर्नुपर्ने बताएका छन् । नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पसले आयोजना गरेको फुटसल प्रतियोगिताको  काठमाडौंको बालुवाटारमा उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपीपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनु पर्ने बताएका हुन् । उनले भने, ‘एसपीपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नु भएको छ । सेनाले पनि एसपीपीमा सहभागी नहुने भनिसक्यो । सबै राजनीति दलले पनि एसपीपी स्वीकार्न नहुने धारणा राखेका छन् ।’

महरले एसपीपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह पनि गरे । वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाइ छ । उनले भने, ‘यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन । नेपाली सेनालाई समेत विवादमा तान्ने काम भएको छ । राज्यका सबै संरचनाप्रति नागरिक अविश्वास पैदा गराउन हुँदैन । यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजग हुन जरुरी छ ।’

एसपीपी इन्डो प्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै उनले प्रश्न पनि गरे । उनले भने, ‘अमेरिकाले एसपीपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्‍यो ? सका पछाडिको नियत के थियो ?  राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटी रहनेछ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ४ : ३८ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न