रूपन्देही  जिससमा कांग्रेसको नेतृत्व | Khabarhub Khabarhub

रूपन्देही  जिससमा कांग्रेसको नेतृत्व


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– जिल्ला समन्वय समिति रूपन्देहीको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार उमाकान्त चपागाईँ २० मत ल्याई विजयी भए  । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का नरबहादुर घर्तीमगरले १२ मत प्राप्त गरेका छन् ।

जिल्लामा १६ पालिकाका ३२ मतभार रहेको जिल्ला समन्वय समितिको निर्वाचनमा उपप्रमुखमा लोकतान्त्रिक समाजवादी पार्टीका रामकृपाल धोबी १६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका पवित्रादेवी श्रेष्ठले १५ मत पाएका छन् ।

यस्तै महिला सदस्यमा नेपाली कांग्रेसका विष्णुमाया सुवेदी जयसवाल, दलित वा अल्पसङ्ख्यकमा कांग्रेसका राजमनप्रसाद हरिजन, सदस्यमा कांग्रेसकै अब्दुल मोकिम मुसलमान, ऋषिराम बस्याल र लोसपाका मुकेशकुमार पाण्डे विजयी भएका छन् ।

यस्तै नेकपा (माओवादी केन्द्र) का मञ्जु परियार र लोसपाका बुधनी चमार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ५ : २७ बजे

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा

मोरङ– सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् ।

बेको एसीको निःशुल्क सेवा शिविर २०२५

काठमाडौं- चौधरी ग्रुप अन्तर्गत रहेको बेको ब्रान्डले निःशुल्क ‘एसी सेवा

फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो पक्राउ

 काठमाडौं– फिलिपिन्सका पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्टेलाई प्रहरीले पक्राउ गरेको छ।

पर्वतमा यसवर्ष आलु उत्पादन वृद्धि हुने अनुमान

पर्वत– आलु खेतीको क्षेत्रफल विस्तारसँगै अनुकूल मौसमका कारण यस वर्ष

सवारीसाधनको विद्युतीय अभिलेख राखिँदै

बागमती– यातायात सेवा कार्यालय हेटौँडा मकवानपुरले सवारीसाधनको विद्युतीय अभिलेख  (डिजिटाइजेसन)