एसपीपीबारे सेनाको पत्राचार कुनै राजनीतिक नेतृत्वलाई जानकारी थिएन : प्रदीप ज्ञवाली | Khabarhub Khabarhub

एसपीपीबारे सेनाको पत्राचार कुनै राजनीतिक नेतृत्वलाई जानकारी थिएन : प्रदीप ज्ञवाली


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपाल कुनै पनि शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न नसक्ने स्पष्ट परेका छन्।

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा ज्ञवालीले मुलुकको राष्ट्र हितबिपरित नेपाल शक्ति राष्ट्रको रणनीतिक अङ्ग बन्न नसक्ने स्पष्ट परेका हुन् । स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीका विषयमा धेरै आशङ्का रहेको भन्दै यसका विषयमा राज्यले थप स्पष्ट पार्नुपर्ने उनको भनाइ छ ।

तत्कालीन समयमा नेपाली सेनाले कुनै राजनीतिक नेतृत्वलाई जानकारी नै नदिई पत्र लेखेको पाइएको उनले बताए ।

त्यस्तै उनले सन् २०१९ मा इन्डो प्यासेफिकको रिपोर्टमा नेपाल र श्रीलंकालाई एसपीपीको नयाँ सदस्यको रूपमा राखेको देखिएपछि मात्र तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले यसबारेमा थाहा पाएको एमाले उपमहासचिव ज्ञवालीको दाबी गरे । त्यसपछि सरकारले कार्यदल बनाएर अध्ययन गर्न लगाएको र यस विषयलाई होल्ड गरेको पनि उनले बताए ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ०५ बजे

मानिससँग बस्ने जनावर व्यवस्थापन गरौँ

यस वर्ष जुलाई ६ मा (आज) विश्व जुनोसिस (पशुजन्य रोग)

चन्द्र भण्डारीले भने, ‘सरकार घाँस नकाट्ने गोठालो जस्तै भयो, कांग्रेसलाई ०८४ मा गाह्रो हुन्छ’

काठमाडौं— नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले पार्टी संगठन, सरकार

टिआईएलाई व्यवस्थित र प्रभावकारी बनाउन लागिपरेका छौँ : पर्यटनमन्त्री पाण्डे

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय

उपभोक्ता अदालतको निर्णयविरुद्ध आन्दोलित चिकित्सकद्वारा एक घण्टा धर्ना 

काठमाडौं– उपभोक्ता अदालतको निर्णयमा असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा रहेका चिकित्सकहरूले

कफुचे–कोरी पदमार्गको स्तरोन्नति गरिँदै

गण्डकी– कास्कीको मादी गाउँपालिका–१ स्थित कफुचे–कोरी पदमार्गअन्तर्गत नौलाबाट नौटा हुँदै