भोर्लेटारको लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी « Khabarhub

भोर्लेटारको लालीगुराँस सहकारीबाट पाँच लाख ९३ हजार चोरी


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– मध्यनेपाल नगरपालिका वडा ६ भोर्लेटारमा रहेको लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्यालयबाट ५ लाख ९३ हजार रुपैयाँ र चेक चोरी भएको छ । इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक लक्ष्मण पचभैयाका अनुसार सहकारी संस्थाको ५ लाख ९३ हजार नगद र ४ लाख ५३ हजार बराबरको चेक पनि चोरी भएको हो ।

रातको मौका छोपी अज्ञात व्यक्तिको समूहले चोरी गरेको हुन सक्ने प्रहरीको अनुमान छ । प्रहरीका अनुसार सहकारीसँगै एक फेन्सी पसल र एक किराना पसलमा पनि चोरी भएको छ । प्रदीप खड्काले सञ्चालन गरेको सुप्रिया फेन्सीबाट ७० हजार र सिताराम रानाभाटले सञ्चालन गरेको किराना पसलबाट ११ हजार नगद चोरी भएको प्रहरीले जनाएको छ ।

असार १ गते बुधबार राति अन्दाजी १२ बजेको समयमा अज्ञात व्यक्तिबाट कार्यालयको ताला फोडी नगद र चेक चोरी भएको प्रहरीले जनाएको छ । चोरीको घटनालाई लिएर प्रहरीमा आएको निवेदनको आधारमा अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । अन्य केही व्यक्तिको घरमा समेत चोरी भएको भन्ने सुन्नमा आए पनि जिल्ला बाहिर रहेकाले निवेदन भने प्राप्त नभएको प्रहरीले जनाएको छ । 

लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेमलाल श्रेष्ठले घटनाको यथाशीघ्र छानबिन एवं अनुसन्धान गरी दोषीको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न प्रहरी प्रशासन लगायत सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ७ : ५४ बजे

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा

बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ निर्माणको तयारी

गोरखा– गोरखामा बूढीगण्डकी जलविद्युत् आयोजना ‘क’ र ‘ख’ बन्ने तयारीमा

रविको ड्राइभर सिटमा बालेन : कसरी हुँदैछ सहकार्य ?

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने