भारतमा ५ देखि ६ वर्षभित्र हाइपरसोनिक क्षेप्यास्त्र बनाइसक्ने ब्रह्मोसको घोषणा « Khabarhub

भारतमा ५ देखि ६ वर्षभित्र हाइपरसोनिक क्षेप्यास्त्र बनाइसक्ने ब्रह्मोसको घोषणा


४ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- रक्षा कम्पनी ब्रह्मोस एरोस्पेसले भारतमा आगामी ५ देखि ६ वर्षभित्रमा होइपरसोनिक क्षेप्यास्त्र उपलब्ध हुने दाबी गरेको छ ।

रुस र भारत मिलेर स्थापना गरेको ब्रह्मोस कम्पनीले आफूहरु हाइपरसोनिक क्षेप्यस्त्र निर्माण गर्न सक्षम रहेको बताउँदै ५ वा ६ वर्षभित्रमा भारतले यो हतियार पाइसक्ने जानकारी दिएको हो ।

‘ब्रह्मोस एरोस्पेस हाइपरसोनिक हतियार बनाउन सक्षम छ । ५ देखि ६ वर्षभित्रमा हामीसँग ब्रह्मोसको पहिलो हाइपरसोनिक हतियार हुनेछ ।’ ब्रह्मोस कम्पनीका प्रमुख कार्यकारी एवम् प्रबन्ध निर्देशक अतुल रानेलाई उद्धृत गर्दै भारतीय समचार संस्था एएनआईले जनाएको छ ।

भारतीय सैन्यबलका तीनै एकाइहरुमा सुपरसोनिक हतियार तैनथ रहेको बताइएको छ । भारतीय नौसेनामा सन् २००५ बाट, भारतीय स्थल सेनामा सन् २००७ बाट, र भारतीय वायुसेनामा सन् २०२० बाट सुपरसोनिक क्षेप्यास्त्र तैनाथ गरिएको एएनआइले जनाएको छ ।

सुपरसोनिक क्षेप्यास्त्रको गति २१ सय देखि २३ सय माइल प्रतिघण्टा हुने जनाइएको छ । हाइपरसोनिक क्षेप्यास्त्रको गति योभन्दा ५ गुणासम्म तेज हुने गर्छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : ३२ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी