काठमाडौँबाट हराएका बालक भारतमा भेटिए « Khabarhub

काठमाडौँबाट हराएका बालक भारतमा भेटिए


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चार दिन अघि काठमाडौँबाट हराएका बालक भारतमा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका हुन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले भोलिपल्ट प्रहरी वृत्त नयाँबानेश्वरमा निवेदन दिएका थिए।

प्रहरीले खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी भएपछि भारतीय प्रहरीको समन्वय र सहयोगमा खोजी गरिएको थियो ।

उनको उद्धार गरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ३८ बजे

महिलामन्त्रीको जवाफ- निःशुल्क ब्लु बस लैंगिक असमानता बढाउने नीति होइन 

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

नयाँदिल्लीमा मिडियासँग शेख हसिनाको प्रत्यक्ष कुराकानी, बङ्गलादेश आक्रोशित

ढाका- बङ्गलादेश सरकारले अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतको नयाँदिल्लीमा मिडियासँग प्रत्यक्ष

निर्मला पन्तबारे संसद्मा प्रश्न नउठाउन सांसदहरूलाई गृहमन्त्रीको चेतावनी

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि

सुनकोशीमा हाम फालेर दम्पती बेपत्ता : पत्नीलाई पिठ्युँमा बोकेर हिँडेका थिए वृद्ध

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिक सुनकोशी नदीमा

अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी रुपमा मनाइने

काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस सप्ताहव्यापी