काठमाडौँबाट हराएका बालक भारतमा भेटिए « Khabarhub

काठमाडौँबाट हराएका बालक भारतमा भेटिए


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चार दिन अघि काठमाडौँबाट हराएका बालक भारतमा फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–३१ नगेन्द्रकान्छा चोकस्थित डेराबाट असार १ गते हराएका बालक भारतको पटनामा फेला परेका हुन्।

डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का १४ वर्षीय नवीन रुवालीलाई पटनाको रेल्वे स्टेशनबाट उद्धार गरिएको प्रहरीले जनाएको छ।

बिहान साढे ६ बजे क्रिकेट खेल्न भनी निस्किएका भाइ नफर्केपछि दाइ भरत रुवाली सार्कीले भोलिपल्ट प्रहरी वृत्त नयाँबानेश्वरमा निवेदन दिएका थिए।

प्रहरीले खोजतलास गर्ने क्रममा बालक भारतको पटना पुगेको जानकारी भएपछि भारतीय प्रहरीको समन्वय र सहयोगमा खोजी गरिएको थियो ।

उनको उद्धार गरी दाजु भरत रुवाली सार्कीलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ९ : ३८ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका