प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने- खेद प्रस्ताव पारित गरौँ  | Khabarhub Khabarhub

प्रधानमन्त्री अनुपस्थित भएपछि भीम रावलले भने- खेद प्रस्ताव पारित गरौँ 


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा अनुपस्थित भएपछि नेकपा एमालेका सांसद भीम रावलले खेद प्रस्ताव पारित गर्न प्रस्ताव गरेका छन् ।

अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) का बारेमा जानकारी लिन बोलाइएका प्रधानमन्त्री देउवाले अन्तिम समयमा अनुपस्थित हुने जानकारी दिएपछि रावलले सो प्रस्ताव गरेका हुन् ।

‘हिजो लोकतन्त्र खतरामा पर्‍यो भनेर प्रधानमन्त्री बन्नु भएको हो, खै त (बैठकमा अनुपस्थित) लोकतन्त्रको रक्षा गरेको ? उहाँलाई प्रधानमन्त्री बनाउन मैले हस्ताक्षर गरेको इतिहासले समीक्षा गर्ला,’ रावलको आक्रोश थियो, ‘उहाँ अनुपस्थित हुनु भनेको हिजोको गतल कार्यको निरन्तरता भएन र ? उहाँ अनुपस्थित भएर सांसदहरूको अपमान भएको छ, त्यसैले यो खेदजनक छ, बैठकले अब खेद प्रस्ताव पारित गरौँ ।’

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ११ : २१ बजे

अर्धशतकबाट चुके सन्दीप, ४९ रनमा आउट

काठमाडौं । आईसीसी विश्वकप लिग– २ अन्तर्गत क्यानडाविरुद्धको खेलमा सन्दीप

प्रधानमन्त्री ओलीद्वारा ‘समिट अफ द फ्युचर’को अध्यक्षता

न्युयोर्क – संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने सिलसिलामा न्युयोर्कमा

प्रधानमन्त्रीलाई रविले आग्रह : न्युयोर्कबाट फर्कनुस्, बसेर कुरा गरौं, म रुम मिलाउँछु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सहकारीको

नेपालको ब्याटिङ संकटमा, १०० रन नबनाउँदै गुमायो ७ विकेट

काठमाडौं – आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा क्यानडाविरुद्ध पहिले ब्याटिङ

करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला

बारा – बारामा करेन्ट लगाएर मारिएको अवस्थामा हात्ती फेला परेको