श्रीलंकाको पेट्रोल पम्पमा गोली चल्यो « Khabarhub

श्रीलंकाको पेट्रोल पम्पमा गोली चल्यो


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- श्रीलंकाको सेनाले तेल भर्ने इन्धन स्टेसनमा दंगा नियन्त्रण गर्न गोली चलाएको छ । पेट्रोल र डिजेलको भिड नियन्त्रण गर्न सेनाले गोली चलाएको हो ।

शनिबार अबेर राजधानी कोलम्बोबाट ३६५ किलोमिटर उत्तरमा रहेको भिस्वामाडुमा सेनाले गोली चलाएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले जनाएको छ ।

सेनाको ‘सुरक्षा चौकी’ मा केही मानिसहरुको समूहले ढुंगा प्रहार गरेपछि हावामा गोली चलाउनु परेको सेनाले जनाएको छ ।

२० देखि ३० जनाको समूहले ढुंगा हानेर सेनाको ट्रकमा क्षति पुगेको बताइएको छ । तनाव नियन्त्रण गर्न सेनाले पहिलो पटक गोली चलाउँदा चार सर्वसाधारण र तीन सैनिक घाइते भएका प्रहरीले जनाएको छ ।

पम्पमा पेट्रोल सकिएपछि सवारी चालकहरूले विरोध गरेका थिए । झडप नियन्त्रणमा प्रहरीले गोली चलाएको थियो । श्रीलंका स्वतन्त्रता पछिको सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । देशले खाद्यान्न, इन्धन र औषधिलगायतका अत्यावश्यक वस्तुहरू आयात गर्न डलर पाउन असमर्थ छ ।

आर्थिक संकट बढिरहेका बेला सर्वसाधारणले राषट्रपतिको राजीनामा माग गर्दै आएका छन् ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  २ : ५८ बजे

रविलाई प्रश्न : सर्वदलीय बैठक र उच्चस्तरीय संयन्त्रलाई प्रधानमन्त्रीले नस्वीकारे के गर्नु हुन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ १० गते

प्रधानमन्त्रीको बचाउमा रवि- ‘सरकार र पार्टीको काम बाँडफाँड गरेका छौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भोटेकोशीमा आएको

रविलाई प्रश्न- सरकार गुण्डागर्दी शैलीमा चल्दै छ ? जवाफमा भने, ‘पार्टीको आन्तरिक लोकतन्त्र बलियो छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्रको आन्तरिक

रमेश प्रसाईंको गुनासो : मेरै सरकारकै पालामा महँगीले छलाङ लगायो, ढाड सेकियो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले बाढीको विपद्का

जेन–जी आन्दोलनमा भागेका लागूऔषध मुद्दाका प्रतिवादी एक वर्षपछि समातिए

काठमाडौं– लागूऔषध मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका-३ जाल्पाचोक बस्ने गोरखा पालुङटार नगरपालिका-२