बङ्गलादेशी सरकारद्वारा बेलुका ८ बजेपछि बजार पसल बन्द गर्न निर्देशन | Khabarhub Khabarhub

बङ्गलादेशी सरकारद्वारा बेलुका ८ बजेपछि बजार पसल बन्द गर्न निर्देशन


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बङ्गलादेश सरकारले बेलुका ८ बजेपछि बजार, पसल तथा होटल रेष्टुरेन्टहरु बन्द गर्न निर्देशन दिएको छ । बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नै देशव्यापी रुपमा बङ्गलादेशका सबै नागरिकलाई आफ्ना व्यवसायहरु बन्द गर्न निर्देशन दिएकी हुन् ।

प्रधानमन्त्री कार्यालयका प्रशासनिक महानिर्देशक मोहम्मद अहसान किबरिया सिद्दिकीले हस्ताक्षर गरेको परिपत्रमा उक्त निर्देशन दिइएको हो ।

यस निर्देशनको उद्देश्य विश्वव्यापी रूपमा विद्युत् र ऊर्जाको मूल्यमा भइरहेको निरन्तर मूल्यवृद्धिको पृष्ठभूमिमा शक्ति र ऊर्जा बचत गर्ने रहेको जनाइएको छ ।

सार्वजनिक सुरक्षा महाशाखा, वाणिज्य मन्त्रालय, ऊर्जा तथा खनिज श्रोत महाशाखा, स्थानीय सरकार महाशाखा, विद्युत् महाशाखा, उद्योग मन्त्रालय, कलकारखाना तथा प्रतिष्ठान निरीक्षण विभागलगायतका सम्बन्धित मन्त्रालय तथा महाशाखाका सचिवहरू, प्रहरी नायब महानिरीक्षकहरूलाई बङ्गलादेश श्रम कानून २००६ को प्रतिबन्धसम्बन्धी दफा ११४ बमोजिम सरकारी निर्देशनलाई कडाइका साथ पालना गर्न सबै डिभिजन र जिल्लाका उपायुक्त र प्रहरी उपरीक्षकहरूलाई आदेश दिइएको छ ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ३ : ५४ बजे

विश्वकप लिग-२: घरेलु मैदानमा अमेरिकासँग यूएईको लज्जास्पद पराजय, ४९ रनमा अलआउट

काठमाडौं – आईसिसी विश्वकप लिग–२ अन्तर्गत सोमबारको खेलमा घरेलु मैदानमा

इजरायलका मजदुर युनियनमा भ्रष्टाचार : अनुसन्धान भइरहेको प्रहरीको दाबी

जेरुसलेम – इजरायली प्रहरीले मजदुर युनियन भ्रष्टाचारको अनुसन्धानमा दर्जनौं व्यक्तिलाई

धुवाँ फाल्ने गाडी अब ट्राफिकको कब्जामा : कसरी हुन्छ कारबाही ?

काठमाडौं – काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकामा धुवाँ फाल्दै

एउटै वडामा पाँच जलविद्युत् आयोजना

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ मा पर्ने नारच्याङ भएर बग्ने

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर