केल्भिन रामसे लिभरपुलमा आबद्ध « Khabarhub

केल्भिन रामसे लिभरपुलमा आबद्ध


५ असार २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्गलिश क्लब लिभरपुलले स्कटिश खेलाडी केल्भिन रामसेलाई आबद्ध गरेको छ । स्कटल्याण्डको एबरडिन फुटबल क्लबबाट लिभरपुलले रामसेलाई पाँच वर्षको लागि ४२ लाख पाउन्ड स्टरलिङ्गमा आबद्ध गरेको हो ।

सम्झौतामा भविष्यमा यस रकम २५ लाख पाउन्डले बढ्न सक्ने उल्लेख गरिएको छ । ‘यहाँ आईपुग्दा मलाई मेरो सपना पुरा भएको अनुभुति भएको छ ।’ रामसेलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

१८ वर्षीय डिफेन्डर रामसेले आफ्नो यसअघि एबरडिनको लागि खेल्ने सपना भएको भन्दै अहिले विश्वको महान् क्लबहरुमध्ये एकमा जोडिनु आफ्ना लागि ठूलो सफलता भएको जनाएका छन् ।

उनले समर्थकलाई आफ्नो क्षमता देखाउन आतुर भएको समेत टिप्पणी गरेका छन् । गत सिजन रामसेले एबरडिनका लागि ३३ खेल खेलेको थिए । उनको नाममा १ गोल र ९ अस्सिट रहेका छन् ।

गत अप्रिलमा स्कटिश फुटबल लेखक संघले रामसेलाई यङ् प्लेर अफ द यर उपाधिले सम्मान गरेको थियो ।

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ५ : ३९ बजे

देशभरका कुन सडकको अवस्था के छ ? कृष्णभीरमा के भइरहेको छ ?

काठमाडौँ – लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

आज हरितालिका तीज : व्रत कसरी बस्ने ?

काठमाडाैँ – भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज

कृष्णभीर पहिरो: नयाँ ट्याकबाट ५० सवारी पास, सोमबारदेखि ग्राभेलिङ हुने

काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्ण रूपमा

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा