एसिसी महिला ट्वान्टी २० : बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा | Khabarhub Khabarhub

एसिसी महिला ट्वान्टी २० : बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – तेस्रो खेलमा बहराइनलाई आठ विकेटले हराउँदै नेपाल एसिसी महिला टी-२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।

मलेसियाको किनरारा ओभलमा सोमबार बहराइनले दिएको १५ रनको सामान्य लक्ष्य नेपालले ३.४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालका लागि सीता रानामगरले चार रन र कविता कुँवरले तीन रनमा अविजित रहिन् । बहराइनकी पभिथ्र सेट्टी र भिल्सिटा बार्बाेजाले एक एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङमा आएको बहराइनले निर्धारित सात ओभरमा ६ विकेट गुमाएर १४ रन बनाएका थिए । वर्षाको कारण खेल सात ओभरमा खेलाइएको थियो । बहराइनकी इशारा सुहुनले ६ रन जोड्दा कप्तान दिपिका रासंगिका र थरंगाले दुई-दुई रन बनाएका थिए । नेपालकी कविता र सबनम राईले समान दुई विकेट तथा अस्मिना कर्माचार्यले एक विकेट लिइन् ।

समूह ‘बी’ मा रहेको नेपाल तीन खेलमा ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ।

च्याम्पियनसिपको समूह ‘बी’ मा रहेको नेपालसँगै भुटान, हङकङ, कुवेत र बहराइन छन् । यस्तै, समूह ‘ए’ मा संयुक्त अरब इमिरेट्स (युएई), ओमान, कतार, सिंगापुर र घरेलु टिम अमेरिका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् भने फाइनल पुग्ने दुई टिमले एसिया कप खेल्न पाउनेछन् ।

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : ०१ बजे

‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टिम’ बनाऔं’

काठमाडौं–  एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई

१६५ खर्बको व्यापार बनाइएको योगको अन्तर्य

काठमाडौँ – इस्वी सम्वतको जुन २१ तारिक अर्थात् आज अन्तर्राष्ट्रिय

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा

कोशी प्रदेशस्तरीय ओपन बास्केटबल : सुनसरी र इलाम फाइनलमा भिड्ने

सुनसरी– धरानमा जारी कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा

नेपाल ‘एक चीन नीति’बाट कुनै अवस्थामा दायाँबायाँ हुँदैन : उपाध्यक्ष घिमिरे

काठमाडौं– राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले नेपाल एक चीन नीतिप्रति