मन्त्री कार्की भन्छन्, ‘समाज परिवर्तनका लागि फिल्मको छुट्टै महत्व छ’ « Khabarhub

मन्त्री कार्की भन्छन्, ‘समाज परिवर्तनका लागि फिल्मको छुट्टै महत्व छ’


६ असार २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले समाज परिवर्तनको लागि फिल्म कारक तत्व रहने बताएका छन् । ‘नेपाललाई आफ्नो क्षेत्रबाट सभ्य, शान्त र समृद्ध समाज बनाउँदै आउने पुस्तालाई कमसेकम १० वर्ष भित्र समृद्ध समाज र देशको पक्षमा उभ्याउन सक्षम बनाउन आवश्यक देखिन्छ । यसको लागि फिल्मको निकै ठुलो महत्व छ । म यसक्षेत्रको विकासको लागि सधैँ साथमा छु’ मन्त्री कार्कीले भने । 

उनले चलचित्र पत्रकार संघ नेपालको २३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै फिल्मको माध्यम मार्फत समाज परिवर्तनमा भूमिका खेल्न सकिने बताए । उनले चलचित्र पत्रकारिता मोफसलमा समेत बढिरहेकोमा खुसी व्यक्त गरे । ‘विधागत पत्रकारिता गरिरहनु भएका तपाइँसम्पूर्ण अझै जागरुक हुनुपर्छ’ उनले भने । मन्त्री कार्कीले नेपाली फिल्मको विकासका लागि आफू सदैव तयार रहेको भन्दै नीतिगत रूपमै सुधारमा लागेको बताए । 

चलचित्र पत्रकार संघ नेपालले तीन वर्षकै पुरस्कार तथा सम्मान एकसाथ प्रदान गरेको थियो । दिनेश सिटौलाको अध्यक्षतामा सम्पन वार्षिक उत्सव समारोहमा २०७७, ७८ र ७९ सहित १६ पत्रकारले सम्मान, पुरस्कार , प्रोत्साहन पुरस्कार, मोफसल पत्रकारिता पुरस्कार लगायत प्रदान गरिएको थियो । 

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  २ : ०२ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता