'आयुर्वेदिक चिकित्सकको सल्लाहमा मात्रै योग गर्नुपर्छ' | Khabarhub Khabarhub

‘आयुर्वेदिक चिकित्सकको सल्लाहमा मात्रै योग गर्नुपर्छ’



आज विश्व योग दिवस। संसारभर विभिन्न कार्यक्रम गरेर दिवस मनाइदैछ। संयुक्त राष्ट्रसघंको महासभाबाट सन् २०१४ डिसेम्बर ११ बाट पारित प्रस्ताव अनुसार सन् २०१५ देखि जुन २१ तारिखलाई विश्व योग दिवसका रुसमा मनाउने गरिन्छ। व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव नभएको भन्दै यो दिवस मनाउन सुरु गरिएको हो।  योग अभ्यासले मनको शान्ति, चित्त शुद्धिकरण र आध्यात्मिकतामा ध्यान दिँदै चित्तको सकारात्मक विकेन्द्रीकरणमा ध्यान जान्छ।

योग किन गर्ने ?
योग गर्नाले स्वास्थ्य अवस्था राम्रो हुने गर्छ। वा भइरहेको स्वास्थ्य अवस्था अझै राम्रो हुनेगर्छ। कुनै रोग लाग्यो भने निको पार्न पनि योग गरिन्छ। योग गर्नाले शारीरीकसँगै मानसिक स्वास्थ्य राम्रो हुनेगर्छ। योग दिवस जनतालाई सचेत गराउनका लागि गरिने मास मिडिया हो। योग दिवस मनाएर एकै पटकमा धेरै जनतालाई जानकारी दिने गरिन्छ। जानकारी पाएका धेरै जनाले योग गर्ने पनि गर्नुहुन्छ। नेपालको सन्दर्भमा हेर्ने हो भने करिब २५ प्रतिशतले योग गर्ने गरेका छन्। यी औपचारिक कार्यक्रम जनचेतना जगाउनको लागि हुने गरेका छन्।

कुन उमेर समूहका मानिस बढी योग गर्छन् ?

सामान्यतया योग बालबालिकादेखि वृद्धसम्म सबैले गर्नुपर्ने हुन्छ। सबैका लागि फरक फरक योग हुन्छन्। ५० बर्ष पछिको उमेरका मानिस योगमा बढी कन्सियस भएको पाइन्छ। ५० वर्ष पछिको मानिसमा धेरै स्वास्थ्य समस्या देखिने भएकाले नियमित योग गर्ने गरेको पाइन्छ। शिक्षा मन्त्रालयले विद्यालयमा योग अभ्यास सञ्चालन गर्ने भनेर स्थानीय तहका विद्यालयमा योग सिकाउन सुरु भएको छ। आयुर्वेद विभागले पनि विभिन ठाउँमा योग सिकाउन सुरु गरेको छ। अहिले पनि बालबालिका र युवापुस्तामा योग गर्ने चलन धेरै पाइदैन।

उमेर अनुसार कस्तो योगाशन गर्ने ? 
योग गर्ने भने पनि उमेर अनुसार योग आशन फरकफरक हुन्छन्। स्वास्थ्य राम्रो हुँदा अझै राम्रो बनाउन गर्ने हो या स्वास्थ्य अवस्था बिग्रको छ र राम्रो बनाउन योग गर्ने हो सबन्धित आयुर्वेदिक चिकित्सकलाई भेटेर सल्लाह गर्नुपर्छ।

कसैलाई रोगको कारणले योग गर्न मिल्दैन्। ढाडको बिरामी छ भने बेन्डीङ गर्ने खालको आसन गर्नुहुदैन। कसैको अप्रेसन गरेको छ भने धेरै शरीर चलाउने आशन गर्नुहुँदैन।  उमेर भन्दा पनि शारीरीक अवस्था हेरेर योग गर्नुपर्छ। सूक्ष्म व्ययाम र सूर्य नमस्कार सबैलाई मिल्ने योग हो। तर, सबैलाई उपयुक्त हुँदैन। कसैलाई सुगर, प्रेसर छ भने त्यसको रोकथामको लागि  छुट्टै योग हुन्छ।

उपचारको लागि छुट्टै योग हुन्छ। कुनै मानिसले योग गर्दा पुरानो समस्या बल्झिएको पनि पाइएको छ। योग सुरु गर्नुभन्दा पहिले आयुर्वेद चिकित्सकलाई भेटेर सल्लाह लिनु राम्रो हुन्छ। युट्युब हेरेर पनि आफूलाई उपयुक्त हुने योग गर्न सकिन्छ।

योगलाई सरल र सहज बनाउने तरिका
विशेषगरी थेरापेयुटिक योगको लागि आयुर्वेद चिकित्सकको सल्लाह लिनुपर्छ। जनरल योग जुन प्रमोटिङ गर्ने योग हुन्छन् यस्ता योग गर्नको लागि योग पढेका, योग सबन्धी जानकारी भएका व्यक्तिबाट पनि सल्लाह लिन सकिन्छ। तर, बिरामीले आफूखुशी जुनसूकै  योगाअभ्यास गर्नु हुँदैन।

योग कहाँबाट सिक्न सकिन्छ ?
योग सिक्नको लागि ७७ वटै जिल्लामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्राय सदरमुकाममा छन्। यस्तै ३०५ वटा आयुर्वेद औषधालय रहेका छन्। तीन सय वटा नागरिक आरक्ष केन्द्र छन्।

आफनो नजिकमा पर्ने यी संस्थाबाट सेवा लिन सकिन्छ। काठमाडौंको सिनामगंल, ललितपुरमा महालक्ष्मी स्थान, भक्तपुरको कमल बिनायकमा रहेको छ। काठमाडौंमै ७, ८ वटा औषधालय छन्। त्यहाँ गएर जानकारी लिएर योग गर्न सकिन्छ।

३० मिनेट छुट्याउँदा स्वास्थ्य राम्रो 
स्वास्थ्य राम्रो भयो भने सबै कुरा राम्रो हुन्छ। कुनै पनि व्यक्तिले आफनो स्वास्थ्यको लागि दैनिक ३० मिनेट समय छुट्याउनुपर्छ। मैले आफनो व्यक्तिगत समय योगको लगि छुट्टाएर बाँकी समय अरु कामको दिएको छु भन्न सक्नुपर्छ।
दिन सकिन्छ।

३० मिनेट छुट्टाउन जसले पनि सक्छ। बाहिर धुलोधुवाँमा नहिडिकनै आफ्नो घरमा बसेर योग गर्दा बाहिरको इन्फेक्सन तथा संक्रामक रोग बाट बच्न सकिन्छ। र, स्वास्थ्य पनि राम्रो हुन्छ।

योग गर्ने पुरुष भन्दा महिला बढी    
नेपालको सन्दर्भमा योग गर्ने पुरुषको संख्या भन्दा महिलाको संख्या बढी छ। महिला राम्रो हुने भनेपछि अलि बढी अग्रसर भएको पाइन्छ।

पुरुषहरु धेरै देश बाहिर पनि छन्, त्यो कारणले पनि महिलाको संख्या बढी देखिएको छ। विभिन्न योग सेन्टरमा पनि योग गर्न आउने महिलाको संख्या बढी छ। योग गर्न महिलाहरु डेडिकेटेट पनि देखिएका छन्।

आशन मात्र गरेर हुँदैन्   
योग भनेर आसनलाई मात्र सम्झिनु हुँदैन। योगमा ८ वटा विधि हुन्छन्। पहिलो त ऐन नियम गर्दै ध्यान, धारणा समाधिसम्म पुग्ने अवस्था हुन्छ भने ज्येष्ठ व्यक्तिले तनाव मुक्त हुन या चित्त शुद्धीको लागि योग गर्ने गर्छन्।

हामी शारीरीक, मानसिक र सामाजिक हिसाबले स्वस्थ्य हुनुपर्छ। फिजिकल्ली हामी योगाशान गर्छौ। मेन्टल्ली सदाचारको पालना गर्छौ। फिजिकल्ली र मेन्टल्ली स्वस्थ्य भयौं भने  समाजको लागि पनि योगदान दिन्छौ। आशन मात्र गर्दा व्ययाम मात्र गर्छौ व्ययाम मात्र गरेर सबै अगंहरुलाई फाइदा पुग्दैन।

योगसम्बन्धी जान्नैपर्ने कुरा 
योग सुरु गर्नुभन्दा पहिले आयुर्वेदिक चिकित्सक वा योग सबन्धी ज्ञान भएको व्यक्तिलाई सोधेर मात्र योग गर्नुपर्छ। आफूले यो योग गर्दा ठिक हुन्छ भन्ने थाहा पाएर मात्र त्यही अनुसारको आशन गर्नुपर्छ।

३० मिनेट आफूलाई समय दिनुपर्छ। हरेक दिन ३० मिनेट आफ्नो लागि समय निकाल्ने हो भने कुनै पनि अस्पताल र मेडिकल धाउन पर्दैन।  योगसँगै खानपिनमा ध्यान दिन सकियो भने सधैंको लागि स्वस्थ्य बन्न सकिन्छ। (आयुर्वेदिक चिकित्सक डा. प्रकाश ज्ञवालीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ७ : ३६ बजे

‘संसद्‍मा च्यातेको बजेट पुस्तिका मन्त्रीहरूको मुखमै हुर्‍याउन मन थियो’

गत जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटलाई लिएर

भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुँदै

काठमाडौँ– भारत र ओमनबीच स्वतन्त्र व्यापार सम्झौता हुने भएको छ

अर्थसंक्षेप : नेप्सेमा दोहोरो अंको गिरावटदेखि समस्याग्रस्त सहकारीको छानबिनसम्म 

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले ओरालो लागेको

६० मेगावाटको कुलेखानीमा २० मेगावाट मात्र उत्पादन

हेटौंडा– मकवानपुरको इन्द्रसरोवरमा रहेको कुलेखानी जलासयको सतह घटेपछि ६० मेगावाट

पेरिस ओलम्पिकमा उच्च तापक्रमको खतरा रहने चेतावनी

काठमाडौं– जलवायु वैज्ञानिक र खेलाडीहरूद्वारा समर्थित एउटा नयाँ प्रतिवेदनले मंगलबार