ओटीटीमा आयो ‘भूल भुलैया २’ « Khabarhub

ओटीटीमा आयो ‘भूल भुलैया २’


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कार्तिक आर्यन स्टारर बलिउड फिल्म  ‘भूल भुलैया २’ ओटीटीमा रिलिज भएको छ । हलमा राम्रो व्यापार गरेको फिल्म ओटीटी जायन्ट नेटफ्लिक्समा आएको हो । जुन १९ मा प्रदर्शन भएको फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ । 

फिल्मले राम्रो व्यापारसँगै ओटीटीमा पाएको प्रतिक्रियाले कार्तिक निकै उत्साहित छन् । फिल्म हरर कमेडी रहेकाले उनले त्योसँग सम्बन्धित अनुभव समेत साटिरहेका छन् । पछिल्लो समय कार्तिकले भगवानलाई विश्वास गर्ने बताएका थिए । ‘म पोजेटिभ र नेगेटिभ इनर्जीलाई मान्छु । किनकि म जहाँ पुग्छु त्यो फिल गर्छु । त्यसैमा म पोजेटिभलाई एञ्जल र नेगेटिभलाई डेविल भन्ने गर्छु’ कार्तिकले भने । उनले आफूले भगवानमा विश्वासका साथै भरोसा गर्ने समेत जनाए ।

यद्यपि आफूले एक्लै हुँदा पनि डर महसुस नगरेको उनको भनाइ छ । ‘अँध्यारोमा डर फिल्म गरेको छैन । सायद मैले भगवानलाई मान्ने भएकोले होला’ उनले भने । अनिष बज्मी निर्देशित फिल्ममा कमेडी र हरर दृश्यको स्वाद पाएका छन् । नेटफ्लिक्सले महँगो रकममा फिल्म खरिद गरेको चर्चा बढ्दो छ । ‘भूल भुलैया २’ मा कार्तिकसँगै कियारा आडवाणी र तब्बुको मुख्य भूमिका रहेको छ ।

यो फिल्म सन् २००७ मा प्रदर्शन भएको फिल्म ‘भूल भुलैया’ को सिक्वेल हो । उक्त फिल्ममा अक्षय कुमार, विद्या बालन, अमिशा वटेल, शाइनी आहुजा, परेश रावल लगायतको मुख्य भूमिका रहेको थियो । यद्यपि सिक्वेलमा निर्देशकले नयाँ अनुहारलाई मात्र लिएका छन् ।

 

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १ : ४४ बजे

प्रतिनिधिसभा बैठक बस्दै, रसुवा बाढीबारे सभामुखले विशेष प्रस्ताव प्रस्तुत गर्ने

काठमाडौँ– सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

जसले यो सिजन चेल्सी छाडे, कुन खेलाडी कता गए ?

​काठमाडौँ- यस सिजनको समर ट्रान्सफर विन्डोमा इङ्लिस प्रिमियर लिग क्लब

ब्लकबस्टर ट्रान्सफर : एन्जो फर्नान्डेज चेल्सीबाट म्यानचेस्टर सिटीमा

काठमाडाैँ- म्यानचेस्टर सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि अन्तिम समयमा ठूलो

कृष्णभीर पहिरोको समाधान- सुरुङ र बाइपास सडक

काठमाडौँ – कृष्णभीर पहिरोका कारण प्रभावित पृथ्वी राजमार्गलाई सञ्चालनमा ल्याउन

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर