किसानले रोपाइँ शुरु गर्दा कुश्मा बजारमा खानेपानीको चरम अभाव « Khabarhub

किसानले रोपाइँ शुरु गर्दा कुश्मा बजारमा खानेपानीको चरम अभाव


२ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुश्मा–  बढ्दो गर्मीसँगै पानीका मुहान सुक्दै जानु र मुहान क्षेत्रका किसानले रोपाइँ शुरु गरेपछि पर्वत सदरमुकाम कुश्मा बजारमा खानेपानीको चरम अभाव भएको छ ।

कुश्मा बजारमा आयात हुने पानीको मुहान क्षेत्रमा रोपाइँ हुने क्रम बढेका कारण पनि सहज रुपमा पानी आपूर्ति हुन सकेको छैन ।

कुश्मा बजारका स्थानीयलाई पिउने पानीको समेत समस्या भएको छ । बजारबासी विहानैदेखि पानीका खोजीमा आसपासका इनार, खोल्सा र खोलामा धाउन बाध्य छन् ।

कुश्मा नगरपालिका–५ बडागाउँको मेलमिलाप चोकमा बस्दै आउनुभएका शिक्षक दुर्गा भुसालले पानीको अभावकै कारण पोशाक धुन नपाउँदा विद्यालय जान नै समस्या भएको बताए ।

अर्का स्थानीयवासी शालिग्राम पौडेलले धारामा नियमित पानी नआउँदा खानेपानीको सङ्कट परेको सुनाए । दैनिकजसो जार र बोत्तलको पानी किनेर खानुपरेको पौडेलको भनाइ छ ।

पानीको अभावकै कारण भाँडा सफा गर्न नपाउँदा होटल नै बन्द गर्नुपर्ने स्थिति आएको होटल सञ्चालक सुशीला कुँवरले बताइन् ।

कुश्मा खानेपानी तथा उपभोक्ता सरसफाइ संस्थाका उपाध्यक्ष रमाकान्त शर्माले अत्यधिक गर्मी हुँदा पानीका मुहान सुकेको बताए । साथै पानीको मुख्य मुहान रहेको ठाउँ कुश्मा नगरपालिका–२ खुर्काेटमा धान रोपाइँ शुरु भएका कारण पनि बजारमा पानी अभाव भएको उनको भनाइ छ ।

कुश्मा बजारमा एक दिनमा झन्डै २५ लाख लिटर पानीको खपत हुने गरेकामा अहिले बढीमा १५ लाख लिटर मात्र आपूर्ति भइरहेको छ । आपूर्ति भएकोमध्ये पनि झन्डै ३० प्रतिशत पानी पाइप फुट्नुलगायतका कारण बीचमै लिक हुने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २ असार २०७६, सोमबार  १० : ५० बजे

‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’

झापा – जङ्गली हात्तीको आक्रमण र क्षतिबाट वर्षौँदेखि पीडित बनेका

मनकामनामा गोरखाका पर्यटकीय गन्तव्यबारे जानकारी दिन ‘डिजिटल बोर्ड’

गोरखा – प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल मनकामना आउने पर्यटकलाई गोरखासम्म

गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, १७ जना घाइते

स्याङ्जा – गल्याङमा आज साँझ भएको जिप दुर्घटनामा परी ज्यान

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन