भारु २५ हजार रुपैयाँसम्मले बढ्यो टाटा मोटर्स गाडीको मूल्य | Khabarhub Khabarhub

भारु २५ हजार रुपैयाँसम्मले बढ्यो टाटा मोटर्स गाडीको मूल्य


७ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्नो उत्पादनहरूको मूल्य बढाएको छ। कम्पनीले यसको प्यासेन्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो। हाल बजारमा सवारी साधन निर्माण एवम् उत्पादनलाई आवश्यक कच्चा सामग्री, वस्तुहरू, सेमी कन्डक्टर, स्टिल, आल्मुनियम र अन्य धातुहरूको मूल्य बढ्दो छ। यसो हुँदा सावरी साधन निर्माणको खर्च पनि बढ्छ। त्यसैले कम्पनीकाअनुसार सवारी साधन बिक्री मूल्य समेत बढाउनुपर्ने आवश्यकता परेको हो।

टाटा मोटर्सले भारतीय बजारमा गत अप्रिल २३ देखि लागू हुनेगरि आफ्नो गाडीहरूको बिक्री मूल्य बढाएको छ। त्यसमध्ये प्यासेन्जर भेइकल (गाडी) को मूल्य मोडल र भेरियन्ट अनुसार १.१ प्रतिशतसम्म बढाएको छ। कम्पनीले यसभन्दा अघि गत जनवरीमा समेत गाडीको मूल्य ०.९ प्रतिशतसम्मले बढाएको थियो। यसर्थ, सन् २०२२ मा टाटा मोटर्सका उत्पादनको मूल्य बढेको यो दोस्रो पटक हो। टाटा मोटर्सले यसपटक नेक्सन ईभीको मूल्य भने भारु २५ हजार रुपैयाँले बढाएको छ। भारतीय बजारमा टाटा मोटर्सको उत्पादनमध्ये टियागो, पन्चह्यारिअर लोकप्रिय छन्।

नेपालमा भने टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ को टियागो, टिगोर, अल्ट्रोज, नेक्सन, एच–५, सफारी, नेक्सन ईभी र टिगोर ईभी उपलब्ध छ। यी गाडीहरूको माग बजारमा राम्रो रहेको छ।

भारतीय बजारमा गाडीको मूल्य बढेसँगै नेपालमा पनि गाडीको मूल्य बढ्ने अनुमान लगाउन सकिन्छ। यसबाहेक कम्पनी नेपालीबजारको लागि नयाँ नेक्सन ईभी विशेष संस्करण (स्पेसल एडिसन) सार्वजनिक गर्ने तयारीमा छ। यो नयाँ विद्युतीय नेक्सनको बाहिरी र आन्तरिक डिजाइन पनि परिवर्तन र पृथक हुने बताइएको छ।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  ५ : ३३ बजे

शिक्षक र प्राध्यापकका संगठन अमान्य घोषित, राजनीतिक गतिविधिमा भाग लिए कारबाही गरिने

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले शिक्षक, प्राध्यापक

टेलिकमको काममा ढिलाइ गर्ने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको काममा

मनाङमा हिउँले पुरिएको अवस्थामा भेटियो दुई भारतीयको शव

काठमाडौं– कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२

भोजपुरको दिङ्लाका युवक सातादेखि बेपत्ता, परिवार चिन्तित

काठमाडौं- भोजपुरको षडानन्द नगरपालिका–५, चिउरीबोटेका एकजना युवक एकसातादेखि बेपत्ता भएका

साताको पहिलो दिन ३० अंकले घट्यो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आइतबार ३०.०२ अंकले घटेको छ