‘नेपग्याज्म’ ले गर्ने भयो कन्दरा ब्यान्डको व्यवस्थापन  « Khabarhub

‘नेपग्याज्म’ ले गर्ने भयो कन्दरा ब्यान्डको व्यवस्थापन 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्म लाइभ  इभेन्ट कम्पनी’ बिच व्यावसायिक सम्झौता भएको छ। सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।

असार ७ गते दुई पक्ष बिच सम्झौता भएको विज्ञप्तिमार्फतमा नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि  हामीबिच सहकार्य भएको गायक श्रेष्ठले बताएका छन्।

‘सन् २०१६देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौँ । संगीत पूर्ण रूपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुसकै बिच आएको प्रस्तावलाई स्वीकारेका हौँ’ गायक श्रेष्ठले भने । नेपग्याज्मले व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिने भएपनि आफूहरू खुलेर संगीत सिर्जनामा लाग्न पाउने उनले बताए ।

लेककी हे माया, हिउँ त होइन, भेडी गोठैमा लगायतका चर्चित गीत दिइसकेको कन्दराले आफ्ना तीनको गीतको रिप्राइज्ड भर्सन पनि ल्याउँदै छ । नयाँ गीतको तयारी पनि सुरु भइसकेको विवेकले जनाए ।

कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चले कान्छी, दोस्रो एल्बमको टाइटल ट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत बिदेसिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने  तयारी भइरहेको हो । यी गीतहरूको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रमोसनसम्मका पक्ष एनएलईले हेर्ने  छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : १८ बजे

दीक्षित आमा भन्छन्- इच्छाशक्ति र परिवारको साथ मिले सफलताको ढोका बन्द हुँदैन

काठमाडौं– बच्चा हुर्काउँदै अध्ययनलाई निरन्तरता दिनु पक्कै पनि सामान्य होइन्

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर