‘नेपग्याज्म’ ले गर्ने भयो कन्दरा ब्यान्डको व्यवस्थापन  « Khabarhub

‘नेपग्याज्म’ ले गर्ने भयो कन्दरा ब्यान्डको व्यवस्थापन 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पोखरेली सांगीतिक ब्यान्ड ‘कन्दरा’र ‘नेपग्याज्म लाइभ  इभेन्ट कम्पनी’ बिच व्यावसायिक सम्झौता भएको छ। सम्झौतापछि कन्दराका गीतसंगीत निर्माणदेखि कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी नेपग्याज्म लाइभ इभेन्ट (एनएलई) ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए ।

असार ७ गते दुई पक्ष बिच सम्झौता भएको विज्ञप्तिमार्फतमा नेपग्याज्म लाइभ इभेन्टले हाम्रो आवश्यकता पूरा गर्ने कुरा मिलेपछि  हामीबिच सहकार्य भएको गायक श्रेष्ठले बताएका छन्।

‘सन् २०१६देखि हामी ब्यान्डलाई पुनः सक्रिय बनाउन प्रयासरत थियौँ । संगीत पूर्ण रूपमा व्यावसायिक बनिसकेको अहिलेको समयमा हाम्रा सबै गतिविधि र कामलाई व्यवस्थापन गरिदिने कोही भइदिए हुन्थ्यो भन्ने महसुसकै बिच आएको प्रस्तावलाई स्वीकारेका हौँ’ गायक श्रेष्ठले भने । नेपग्याज्मले व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी लिने भएपनि आफूहरू खुलेर संगीत सिर्जनामा लाग्न पाउने उनले बताए ।

लेककी हे माया, हिउँ त होइन, भेडी गोठैमा लगायतका चर्चित गीत दिइसकेको कन्दराले आफ्ना तीनको गीतको रिप्राइज्ड भर्सन पनि ल्याउँदै छ । नयाँ गीतको तयारी पनि सुरु भइसकेको विवेकले जनाए ।

कन्दराले पहिलो एल्बमको टाइटल ट्र्याक चञ्चले कान्छी, दोस्रो एल्बमको टाइटल ट्र्याक डाँडापारि र तेस्रो एल्बमको चर्चित गीत बिदेसिएर गइन् उनीको रिप्राइज्ड भर्सन निकाल्ने  तयारी भइरहेको हो । यी गीतहरूको म्युजिक भिडिओ निर्माणदेखि सोसल मिडिया प्रमोसनसम्मका पक्ष एनएलईले हेर्ने  छ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : १८ बजे

आइसीसी टि२० विश्वकप : भारतद्वारा नेदरल्याण्ड्स १७ रनले पराजित

काठमाडौं – आइसीसी टि२० विश्वकप अर्न्तगत समूह ‘ए’ को अन्तिम

रुकुम-पूर्व पुगेर प्रचण्डले भने : क्रान्तिको आधारभूमिलाई विकासको नमुना बनाउँछौँ

रुकुमपूर्व – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुकुमपूर्वको

क्युबामाथि नाकाबन्दी नगर्न अमेरिकालाई मस्कोको आग्रह

मस्को – क्युबामाथि सैन्य नाकाबन्दी नगर्न रूसले अमेरिकालाईरुसी विदेशमन्त्री सर्गेइ

विश्वकपको सुपर आठ समीकरण पूरा, भारत र दक्षिण अफ्रिका एउटै समूहमा

काठमाडौं – भारत र श्रीलंकामा जारी आईसीसी पुरुष टी–२० विश्वकप

शिवम दुवेको विष्फोटक ब्याटिङमा भारतले नेदरल्याण्ड्सलाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – आइसीसी टि२० विश्वकप अन्तर्गत समूह ‘ए’ को खेलमा