महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ : नेपाल अपांग महिला संघ | Khabarhub Khabarhub

महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ : नेपाल अपांग महिला संघ


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाल अपांग महिला संघले अपांगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न  माग गरेको छ । नेपाल अपांग महिला संघ जुम्लाको बुधबार चन्दननाथ नगरपालिकामा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो । 

अपांगता भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत हुनु पर्ने अपांग महिला संघकी कर्णाली प्रदेशकी सम्पर्क व्यक्ति धनसरा शाहीले बताइन । उनले भनिन्, ‘समग्र महिला लैङ्गिक विभेदको मारमा परिरहेको अवस्थामा  अपांगता भएका महिला झन्  धेरै प्रकारका हिंसा, यातनाबाट पीडित हुने गरेका छन्’ । उनले अपांगता भएका महिला अवसरबाट  समेत वञ्चित हुने अवस्था निर्मूल गर्न आवश्यक रहेको बताइन । यस्तै, अपांगता भएका महिला बलात्कार तथा यौन दुर्व्यवहारको शिकार हुन नदिनको सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ ।

चन्दननाथ नगरपालिका महिला तथा बालकालिका शाखाका बालकल्याण अधिकारी  पुष्पा थापाले महिला हिंसा न्यूनिकरणका लागि  विभिन्न क्रियाकलाप भइरहेको बताइन ।उनले हिंसा न्यूनिकरणका लागि बनाएका कानुन र तिनको कार्यान्वयन बारे सबै महिला जानकार हुनुपर्ने बताइन । 

कार्यक्रममा चन्दननाथ नगरपालिका महिला तथा बालकालिका शाखाका  प्रमुख माया थापा,  नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष  नेत्रबहादुर  शाही, अपांग पुनर्स्थापना तथा विकास केन्द्रकी उपाध्यक्ष  कमला बुढालगायतले अपांगता भएका व्यक्तिलाई सीपमुलक र आयआर्जनका कार्यक्रममा सहभागी गराउन सुझाब दिए । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ०६ बजे

सवारी दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

बागमती – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरमा आज साँझ

अनलाइन जुवामा १३ करोड भारु स्वाहा !

मुम्बई – मुम्बईका एक व्यक्तिले अनलाइन जुवा छलीमा फसेपछि आफू

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको