प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त « Khabarhub

प्रदेश नं १ मा आर्थिक विधेयकबारे छलफल समाप्त


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– प्रदेश नं १ प्रदेशसभाको १० औँ तथा बजेट अधिवेशनअन्तर्गत आज बसेको बैठकमा आर्थिक विधेयकमाथिको छलफल समाप्त भएको छ । यसअघि विधेयकमाथिको छलफलमा भाग लिँदै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङले बजेटप्रति समर्थन गर्दै सङ्खुवासभाको धेरै स्थानमा पर्यटकीयस्थलमा पूर्वाधार निर्माणतर्फ ध्यानाकर्षण गराए ।

अर्का सदस्य विमल कार्कीले व्यापार प्रदर्शनी, मेला र सांस्कृतिक कार्यक्रमलाई करमा समेट्नुपर्ने सुझाव दिए ।  सदस्य मोहनकुमार खड्काले प्रदेश सरकारले कृषि आयमा कर लगाउने सम्बन्धमा प्रस्ट पार्नुपर्ने धारणा राख्दै ठेक्कापट्टामा काटिने निर्माण कोष प्रदेशमा रहनुपर्ने ध्यानाकर्षण गराए ।

अर्का सदस्य सरिता थापाले प्रदेशलाई आत्मनिर्भर बनाउन करको दायरा बढाउन पहल गर्नुपर्नेमा जोड दिए । सदस्य सावित्राकुमारी रेग्मीले ज्येष्ठ नागरिकको उमेर ६८ वर्षलाई आधार मानी  घरजग्गा रजिष्ट्रारमा छुट दिन सुझाव दिँदै दण्ड जरिवाना प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे ।

यसअघि शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य अम्बिका थापाले पेट्रोलियम पदार्थको मूल्य अविलम्ब घटाउन सरकारको ध्यानाकर्षण गराए । सदस्य ज्योति सुब्बाले सुनसरीको इनरुवा बहुमुखी क्याम्पस जीर्ण अवस्थामा रहेकाले बजेटको व्यवस्था गर्न माग गर्दै सोही क्षेत्रका स्वास्थ्य स्वयम्सेविकालाई साइकल उपलब्ध गराउन आग्रह गरे । प्रदेशसभाको अर्को बैठक असार १२ गते दिनको १ बजे बस्ने छ । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ३१ बजे

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध

कानुनमन्त्रीसँग नेपालका लागि फ्रान्सेली राजदूतको भेट

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका