एघार महिनामा एक खर्बभन्दा बढीको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात   « Khabarhub

एघार महिनामा एक खर्बभन्दा बढीको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात  


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात गरेको हो । 

सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्चा भटमास तेल, ३६ अर्ब ५९ करोड ६५ लाख ३८ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ७२ करोड ८२ लाख १७ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । 

उक्त अवधिमा नेपालमा कूल ६८ करोड ८८ लाख ७ हजार ६२७ लिटर कच्चा भटमास, सनफ्‌लावर र पाम तेल नेपाल भित्रिएको छ । नेपालमा अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, भियतनाम, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी १२ देशबाट कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आउने गरेको छ । 

नेपालमा सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिना, ब्राजिल र पाराग्वेबाट आउने गरेको छ । यी सबै दक्षिण अमेरिकी राष्ट्र हुन् । नेपालमा सबैभन्दा बढी कच्चा पाम तेल इन्डोनेसिया, मलेसिया र फिलिपिन्सबाट आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

यस्तै, नेपालमा सबैभन्दा बढी कच्चा सनफ्‌लावर तेल युक्रेन, रुस र अर्जेन्टिनाबाट आउने गरेको छ । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ३८ बजे

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ– शिक्षाको गुणस्तर सुधार्न यहाँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला- जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको

इजरायलले हिजबुल्लाहमाथि ’आवश्यकता अनुसार’ आक्रमण जारी राख्ने

तेल अभिभ- इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा घातक इजरायली आक्रमणको