एघार महिनामा एक खर्बभन्दा बढीको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात   | Khabarhub Khabarhub

एघार महिनामा एक खर्बभन्दा बढीको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात  


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

काठमाडौँ– चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिनामा नेपालले विभिन्न देशबाट एक खर्बभन्दा बढी रुपैयाँको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा नेपालले उक्त मूल्य बराबरको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आयात गरेको हो । 

सो अवधिमा कूल १ खर्ब ७ अर्ब ५७ करोड ९९ लाख १७ हजार रुपैयाँको कच्चा भटमास, सनफ्‌लावर र पाम तेल नेपाल भित्रिएको विभागको तथ्याङ्कले देखाउँछ । 

पछिल्लो ११ महिनामा ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार रुपैयाँको कच्चा भटमास तेल, ३६ अर्ब ५९ करोड ६५ लाख ३८ हजार रुपैयाँको कच्चा पाम तेल र १७ अर्ब ७२ करोड ८२ लाख १७ हजार रुपैयाँको कच्चा सनफ्‌लावर तेल नेपालले आयात गरेको छ । 

उक्त अवधिमा नेपालमा कूल ६८ करोड ८८ लाख ७ हजार ६२७ लिटर कच्चा भटमास, सनफ्‌लावर र पाम तेल नेपाल भित्रिएको छ । नेपालमा अर्जेन्टिना, ब्राजिल, इजिप्ट, इटाली, पराग्वे, रुस, युक्रेन, उरुग्वे, भियतनाम, इन्डोनेसिया, मलेसिया र फिलिपिन्स गरी १२ देशबाट कच्चा भटमास, सनफ्‌लावर र पाम तेल आउने गरेको छ । 

नेपालमा सबैभन्दा बढी कच्चा भटमास तेल अर्जेन्टिना, ब्राजिल र पाराग्वेबाट आउने गरेको छ । यी सबै दक्षिण अमेरिकी राष्ट्र हुन् । नेपालमा सबैभन्दा बढी कच्चा पाम तेल इन्डोनेसिया, मलेसिया र फिलिपिन्सबाट आउने गरेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।

यस्तै, नेपालमा सबैभन्दा बढी कच्चा सनफ्‌लावर तेल युक्रेन, रुस र अर्जेन्टिनाबाट आउने गरेको छ । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ४ : ३८ बजे

सुदूरपश्चिममा डेङ्गीबाट दुई सय ८८ जना सङ्क्रमित

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा

लोप हुँदै निगालोबाट बनेका डोकोडालो

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको

श्रीलङ्काका पूर्वराष्ट्रपति विक्रमासिङ्घेको स्वास्थ्यमा समस्यापछि अस्पताल भर्ना

कोलम्बो – विदेश भ्रमणका लागि सरकारी कोषको दुरुपयोग गरेको आरोपमा

बैतडीमा पहिरोले एक घर पुरियो

बैतडी – बैतडीको पुर्चौँडी नगरपालिका-४ चनकिल्लीका हिमालय बोहराको घर पहिरोले

हुङ्गुङ खण्डमा पहिरो जाँदा कोशी राजमार्ग तीन दिनदेखि अवरुद्ध

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको पहिरोका कारण