भक्तपुर नगरपालिकाले मूल सडकको दायाँबायाँ हरियाली बनाउने « Khabarhub

भक्तपुर नगरपालिकाले मूल सडकको दायाँबायाँ हरियाली बनाउने


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर नगरपालिकाले पुरानो सहरको मूल सडकको दायाँबायाँ हरियाली प्रवर्द्धनको नीति लिएको छ । बुधबारदेखि सुरु भएको  १२औँ  नगरसभा उद्घाटन समारोहमा नगर प्रमुख सुनिल प्रजापतिले भक्तपुर नगरको सौन्दर्यता अभिवृद्धि गर्न यस्तो नीति लिएको बताए । नगरसभामा आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले त्यसका लागि घरधनी र पसल धनीहरूसँग समन्वय गर्ने बताए । 

नगरसभाको उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले गरेका थिए । त्यस अवसरमा उनले नेपालका युवालाई सही राजनीतिक ज्ञान नदिँदा विदेशी संस्कृतिले प्रभाव कमाइरहेकाेमा चिन्ता व्यक्त गरे ।

Avatarप्रतिनिधिसभाका सांसद प्रेम सुवालले भारतीय एकाधिकारी पुँजीले नेपाललाई अघोषित नाकाबन्दी गरिरहेको बताए । उनले नेपाल सरकारको बजेट जनमुखी नभई पुँजीपति वर्गको हितमा रहेको दाबी पनि गरे । 

कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाइँ, सृजना सैँजु, भक्तपुर नपाका उपप्रमुख रजनी जोशी, भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विष्णुदत्त पौडेल, भनपा ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीलगायतले नगरको विकासमा सबै एकजुट भएर लाग्नुपर्ने बताए । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ३३ बजे

इजरायल र हेज्बुल्लाहबीच युद्धविराम सहमति

काठमाडौँ । इजरायल र लेबनानको हेज्बुल्लाहबिच युद्धविराममा सहमति भएको छ।

रास्वपाको महाधिवेशन तयारी तीव्र

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई

एरिकाले जितिन् कास्य

काठमाडौँ । एरिका गुरुङले २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा शुक्रबार

एक हजार ३२९ मोटरसाइकल कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोडिफाइ गरी ठूलो

रातो मच्छिन्द्रनाथको भोटो प्रदर्शनीमा ड्रोन उडाउन कडाइ

ललितपुर । जिल्ला प्रशासन कार्यालय ललितपुरले आफ्नो अनुमति बिना ड्रोन